भाईरल गीत “ए बैनी जमुना” को भिडियो सार्वजनिक, सामाजिक सञ्जालमा व्यापक चर्चा

-


     हिड्न खबरदाता     
     जेठ ५ गते २०८३ मा प्रकाशित


बागलुङ ।लोक तथा रत्यौली शैलीमा तयार गरिएको नयाँ गीत “ए बैनी जमुना” को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ। गायिका देवी आचार्य र जमुना सनामको स्वरमा प्रस्तुत गरिएको यस गीतले गाउँघरको मौलिक संस्कृति, रमाइलोपन र ठेट रत्यौली भाकालाई समेटेको दर्शकहरूले बताएका छन्। 

गीतका शब्द, लय तथा प्रस्तुतिले नेपाली लोकसंस्कृतिको झल्को दिने विशेष आकर्षण थपेको छ। भिडियोमा कलाकारहरूको अभिनय, पहिरन र प्रस्तुति पनि दर्शकमाझ रुचाइएको देखिन्छ। 

विशेषगरी टिकटक, फेसबुक र युट्युबमा गीतका छोटा क्लिपहरू व्यापक रूपमा शेयर भइरहेका छन्। धेरैले गीतको मौलिक शैली र मिठासपूर्ण प्रस्तुतिको प्रशंसा गरेका छन्। ग्रामीण परिवेश र लोकसंस्कृतिलाई आधुनिक ढंगले प्रस्तुत गरिएको भन्दै दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। 

निर्देशक दिनेश मुस्कानको निर्देशनमा बनेको यो भिडियो सार्वजनिक भएको केही समयमै हजारौँ दर्शकको रोजाइमा पर्न सफल भएको छ। नेपाली लोक तथा रत्यौली गीतप्रेमीका लागि यो गीत विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।