समाचार

चलचित्र ‘मिरमिरे’ माघ १ गतेदेखि प्रदर्शनमा

काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको नेपाली चलचित्र ‘मिरमिरे’ ले प्रदर्शन मिति तय गरेको छ। निर्माण पक्षले माघ १ गतेलाई रिलिज मिति घोषणा गरेको हो। नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर चलचित्रको रिलिज मिति सार्वजनिक गरिएको हो। छायांकन सेटबाटै रिलिज मिति घोषणा गरिएको निर्माण पक्षले जनाएको छ। "हामीले माघ १ गते प्रदर्शन गर्ने निर्णय गरेका छौं। वितरक तथा प्रदर्शकसँगको सल्लाहपछि उक्त मिति तय गरेका हौं," निर्देशक यम शेर्पाले बताए। हाल चलचित्रको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ। असार २१ गतेबाट… पुरा पढौ

सिम्रन परियारको ‘स्वामी राजा विदेशमा’ तीज गीत सार्वजनिक, बहिनी सन्ध्यालाई म्युजिक भिडियोमा पहिलोपटक उतारिन्

काठमाडौं –श्रावण १६पछिल्लो समय तीज गीतको मौलिकता हराउँदै गएको चर्चा चलिरहँदा, गायिका सिम्रन परियारले तीजको भावना र मर्म बोकेको गीत ‘स्वामी राजा विदेशमा’ सार्वजनिक गरेकी छन्। यस गीतले परदेशमा रहेका आफन्तहरूको पीडा उजागर गर्दै तीजमा घरमा नहुने दाजुभाइ र पतिको अभाव कसरी महिलाले महसुस गर्छन् भन्ने सन्देश दिन खोजिएको छ। गायिका परियारले यस वर्षको तीजमा आफ्नै बहिनी सन्ध्या परियारलाई पहिलोपटक म्युजिक भिडियोमा उतारेकी छिन्। गीतमा आफनो श्रीमान् र दाजुभाइ विदेशमा भएकाले तीजजस्तो ठूलो पर्व पनि खल्लो भएको भावनालाई उनले कलात्मक… पुरा पढौ

कालिका मन्दिरदेखि सालिग्राम सङ्ग्रहालयसम्म दौड प्रतियोगिता हुने

बागलुङ, साउन १५ विश्व युवा दिवसको अवसरमा बागलुङमा दौड प्रतियोगिता आयोजना हुने भएको छ। लायन्स क्लब अफ बागलुङ कालिगण्डकी र लियो क्लब अफ बागलुङ कालिगण्डकीको संयुक्त आयोजनामा साउन २७ गते प्रतियोगिता सञ्चालन गरिनेछ। बागलुङ कालिका भगवती मन्दिरदेखि कुडुलेस्थित सालिग्राम सङ्ग्रहालयसम्म करिब १० किलोमिटर दूरीमा प्रतियोगिता हुने क्लबका अध्यक्ष लखन थापाले जानकारी दिनुभयो। स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै युवालाई प्रेरित गर्ने र बागलुङको पर्यटन तथा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक विनोद कार्कीले बताउनुभयो। सबैका लागि खुला प्रतियोगितामा प्रथम… पुरा पढौ

प्रचण्डले अन्नपूर्ण न्यूरो अस्पताल पुगेर भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना

काठमाडौं, साउन १५नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टाउकोमा चोट लागेर उपचाररत अखिल (क्रान्तिकारी) का उप-महासचिव रामचन्द्र भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ। प्रचण्ड आज बिहान अन्नपूर्ण न्यूरो अस्पताल पुगेर अस्पतालमा उपचाररत भट्टको स्वास्थ्य स्थिति बुझ्नुका साथै छिटो स्वास्थ्यलाभको कामना गर्नुभएको हो। अस्पताल स्रोतका अनुसार भट्टको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ र अहिले उहाँको अवस्था सामान्य रहेको बताइएको छ। पार्टीका अन्य नेताहरूले पनि भट्टप्रति चासो व्यक्त गर्दै स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेका छन्। पुरा पढौ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं, साउन १४नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारीस्तरीय बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरु भएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक सुदृढीकरण, आगामी कार्यक्रमहरू तथा सरकारको सञ्चालनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताइएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा जारी बैठकमा उपाध्यक्ष, महासचिव, सचिवहरू लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको छ। स्रोतअनुसार, बैठकमा पार्टीभित्र देखिएको असन्तुष्टि, कार्यकर्ताहरूको चासो र सरकारमा माओवादीको भूमिकालाई लिएर पनि गम्भीर छलफल हुने अपेक्षा गरिएको छ। पुरा पढौ

नेपाल बाल संगठन बागलुङको अधिवेशन बाट: तारा शर्मा सभापतिमा चयन

बागलुङ, १३ साउननेपाल बाल संगठन बागलुङको अधिवेशनबाट तारा शर्मा सभापतिमा चयन हुनुभएको छ। मंगलबार सम्पन्न अधिवेशनले शर्मा नेतृत्वमा सात सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित कार्यसमितिको उपसभापतिमा रेणु केसी हमाल, सचिवमा चुडामणि उपाध्याय र कोषाध्यक्षमा योगेश अधिकारी चयन हुनुभएको छ। सदस्यहरूमा भोजराज पौडेल, विष्णु विक, सृष्टी क्षेत्री र करमती पुन मगर रहेका छन्। भेलाले सर्वसम्मत रूपमा आठ सदस्यीय समिति चयन गरेपछि बसेको पहिलो बैठकले पदाधिकारी चयन गरेको हो। निर्वाचन अधिकृत अधिवक्ता राम शर्माले समितिको औपचारिक घोषणा गर्नुभयो। सभापति… पुरा पढौ

चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौं ।साउन १३चलचित्र ‘शिवांश : च्याप्टर–१’ को छायांकन सम्पन्न भएको छ। जेठको पहिलो साता पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरेर सुरु गरिएको छायांकन ३६ औं दिनमा सम्पन्न भएको हो। निर्माता अञ्जान केसीका अनुसार, पोखरा र आसपासका क्षेत्रमा चलचित्रका दृश्य तथा गीतको छायांकन सम्पन्न गरिएको छ। पोखराको पामेमा छायांकन गरिएको ‘उकुस मुकुस’ गीतसँगै हामीले कुनै बाधा-अड्चन विना दिनरात खटिँदै सम्पूर्ण छायांकन सम्पन्न गर्न सफल भयौँ,” उनले बताए, “अब पोस्ट-प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ।” अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भइरहेको चलचित्रको निर्देशन… पुरा पढौ

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, साउन १३ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले नेतृत्व लिएका सामाजिक संघसंस्थाहरूमा माओवादीले राम्रो गर्छन् भन्ने सन्देश जनतामाझ स्थापित गर्नुपर्ने बताएका छन्। काठमाडौंमा समाज कल्याण विभागद्वारा आयोजित "सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम" मा बोल्दै अध्यक्ष प्रचण्डले सामाजिक संघसंस्थामा माओवादीको हस्तक्षेप सकारात्मक, स्पष्ट कार्यदिशा र जनउत्तरदायी हुनुपर्नेमा जोड दिए। उनले माओवादीले नेतृत्व लिएका पालिकाहरू अन्यको तुलनामा अगाडि रहेको भन्दै अझ व्यवस्थित ढंगमा योजना बनाएर काम गर्दा थप उपलब्धि… पुरा पढौ

पुजन काफ्लेले तीजको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक

काठमाडौं । गायिका पुजन काफ्लेले तीजको अवसरमा नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक गरेकी छन्। तीजको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको उक्त गीतमा शब्द, संगीत र स्वर स्वयम् पुजन काफ्लेकै रहेको छ भने संगीत संयोजन आदेश गुर्मछानले गरेका हुन्। गहना पाउँदाको खुसी र महिलाको सौन्दर्यसँग गहनाको सम्बन्धलाई गीतले उजागर गरेको छ। तीजमा महिलाहरू सँगै भेला भएर रमाइलो गर्ने, नाच्ने–गाउने परम्परालाई गीतले समेटेको छ। गीतको भिडियोमा कोरियोग्राफी र निर्देशन केशवराज भट्टले गरेका छन्। शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको आकर्षक नृत्य भिडियोमा प्रस्तुत… पुरा पढौ

तीजको रमाइलोमा बिनिता खनालको नयाँ गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिकनयाँ  तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक

काठमाडौं । हिन्दू नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर नयाँ तीज गीत सार्वजनिक गरिएको छ  । नेपमेलोको आधिकारिक युट्युब च्यानलबाट ‘दर बनाइराछिन् आमा’ बोलको नयाँ तीज गीत सार्वजनिक गरिएको हो । सांगीतिक तथा सांस्कृतिक स्वाद बोकेको यस गीतमा बिनिता खनालको शब्द रहेको छ भने संगीत संयोजन चर्चित संगीतकार तारा प्रकाश लिम्बुले गरेका छन् । गीतमा अहिलेका चर्चित तथा लोकप्रिय गायिकाहरू मेलिना राई र अनु चौधरीको स्वर रहेको छ । गीतको भिडियो पक्षमा पनि सशक्त टीम देखिएको छ । भिडियोमा लोकप्रिय… पुरा पढौ