संस्थापिका प्रेरणा खड्कालाई महिला हित सहकारीद्वारा सम्मान

-


     हिड्न खबरदाता     
     जेठ १३ गते २०८३ मा प्रकाशित


बागलुङ ।जेठ १३

महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङले संस्थापिका सदस्य प्रेरणा खड्का लाई सम्मान गरेको छ। बा.न.पा.–३ गुठी निवासी तथा हाल यूकेमा बसोबास गर्दै आएकी खड्कालाई संस्थाप्रति पुर्‍याएको योगदानको कदर गर्दै एक समारोहबीच दोसल्ला ओढाएर सम्मान गरिएको हो।

संस्थाकी अध्यक्ष लिला देवी केसी खड्का ले खड्कालाई सम्मान प्रदान गरेकी थिइन्। कार्यक्रममा महिला हित संरक्षण समूहका अध्यक्ष सन्तु खड्का, लेखा सुपरिवेक्षण समितिका संयोजक सावित्री केसी, सचिव पम्फा किसान लगायत शेयर सदस्यहरूले पनि सम्मान व्यक्त गरेका थिए।

सम्मानित व्यक्तित्व प्रेरणा खड्का तथा उनका श्रीमान् डोलेन्द्र खड्का ले संस्थाले गरेका सामाजिक तथा सहकारी गतिविधिको प्रशंसा गर्दै सम्पूर्णप्रति धन्यवाद व्यक्त गरेका थिए।

कार्यक्रममा महिला हित संरक्षण समूहकी संस्थापक एवं अध्यक्ष सन्तु खड्काले २०५२ सालदेखि संस्थाले गर्दै आएका गतिविधि तथा योगदानबारे जानकारी गराएकी थिइन्।

समापनका क्रममा संस्थाकी अध्यक्ष लिला देवी केसी खड्काले सम्मानित व्यक्तित्व प्रेरणा खड्काको जीवनी तथा उहाँको कार्यकालमा भएका महत्वपूर्ण कार्यबारे चर्चा गर्दै उच्च सम्मान प्रकट गरेकी थिइन्।