
बागलुङ, जेठ १३ — लागू औषध (डाइजोपाम) सम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।
जिल्ला अदालत बागलुङको फैसला अनुसार १ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेका बागलुङ नगरपालिका–४ निवासी ४५ वर्षीय गोपाल पुनलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पुनलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको टोलीले पक्राउ गरेको थियो।
पक्राउपछि मंगलबार उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बागलुङमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
अदालतको आदेशपछि उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय बागलुङ चलान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।












