दुवाकोटमा नि:शुल्क स्वास्थ्य तथा क्यान्सर परीक्षण शिविर मार्फत सेवा 

-


     राजेशचन्द्र राजभण्डारी     
     जेठ १६ गते २०८३ मा प्रकाशित


बिश्वब्यापी रूपमा बढ्दै गइरहेको क्यान्सर राेगकाे सहि समयमा पहिचान हुन नसक्दा बर्षिनी हजारौं नेपालीकाे मृत्यु भइरहेको समयमा क्यान्सर राेगकाे
पहिचानको लागि स्वास्थ शिविर आयोजना गरियो ।

भक्तपुरको दुवाकोटमा सर्वसाधारणलाई लक्षित गरी नि:शुल्क सामान्य स्वास्थ्य जाँच तथा क्यान्सर परीक्षण शिविर सञ्चालन गरेर स्वास्थ सेवा दिने काम भएको हाे ।

स्वास्थ्य चौकी दुवाकोट–२ मा आयोजना भएको शिविरमा सर्वसाधारणले स्वास्थ्य परीक्षणसँगै क्यान्सर सम्बन्धी प्रारम्भिक जाँच तथा परामर्श सेवा प्रदान गरिएकोआयोजकले जनाएको छ।

शिविरको आयोजना काठमाडौं क्यान्सर सेन्टर, र
इनर ब्हील क्लब बालाजु काठमाडौंकाे आयोजनामा गरिएको हो।

आयोजकका अनुसार स्वस्थ जीवनका लागि नियमित स्वास्थ्य परीक्षण आवश्यक भएकाले नागरिकलाई समयमै स्वास्थ्य अवस्था परीक्षण गराउन तथा क्यान्सर रोगबारे सचेतना अभिवृद्धि गर्न शिविर आयोजना गरिएको हो।

क्यान्सर रोगको समयमै पहिचान र उपचारले जटिलता कम गर्न सहयोग पुग्ने भएकाले सर्वसाधारणलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराएकाे काठमाडौं क्यान्सर सेन्टरका प्रशासन प्रमुख वर्षा काेइरालाले बताए ।

हामी समस्या आएपछि मात्र स्वास्थ चेकजाँच गर्ने चलन छ यसलाई हामीले सुधार गरेर समयसमयमा
स्वास्थ केन्द्रमा पुगेर स्वास्थ जाँच गरेको खण्डमा क्यान्सर जस्तो घातक राेग बाट बच्न सकिने यसको उपचार गर्न सहयोग हुने चाँगुनाराय नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष साेम प्रधानले बताए ।

जनतालाई स्वस्थ राख्नुपर्छ भन्ने उदेश्यका साथ
आफुहरूले क्लब मार्फत स्वास्थ शिविर राखेर स्वास्थ सेवा दिन सहयोग गरेको समाजमा महिला दिदीबहिनीहरू स्वस्थ्य भए मात्र समाज ठिक हुने इनर व्हील क्लबका अध्यक्ष मन्दिरा श्रेष्ठले बताए ।

अहिले बिश्वब्यापी रूपमा महिलाको पाठेघरमा क्यानसर र महिलाको चेष्टमा क्यान्सर हुने समस्या दिनप्रतिदिन बढ्दै गइरहेको कारणले पनि शिविरमा स्वास्थ्य जाँच गर्न आएको स्वास्थ्य समस्या भएका स्थानीय महिलाहरू बताउँछन् ।

शिविरमा महिलाको पाठेघर जाँच चेष्ट जाँच गर्नुका साथै स्वास्थ्य सम्बन्धि विभिन्न समस्या भएका १३२ जनाले स्वास्थ जाँच गराएका थिए ।घर दैलाेमा शिविर बाट स्वास्थ जाँच गराउन पाउँदा स्थानीय खुशी भएका छन् ।स्थानीय तहले आगामी दिनमा सामाजिक संघसंस्था संग मिलेर यस्तो खालको स्वास्थ शिविर गर्ने कार्यक्रम रहेको छ ।