समाचार

लम्जुङमा प्रचण्डको बिहानको पदयात्रा : सहिद परिवारसँग भेट, विद्यालय अवलोकन

लम्जुङ, भदौ २२ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार बिहान लम्जुङको भोर्लेटारमा बिहानको पदयात्रा (मर्निङ वाक) गर्दै जनसंपर्क कार्यक्रम सञ्चालन गर्नुभयो। पदयात्राको क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धका सहिद राममणी भट्टराईको निवासमा पुगेर परिवारसँग भेटघाट गर्नुभयो। उहाँले सहिद भट्टराईको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो। त्यसपछि प्रचण्ड नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकन पनि गर्‍यो। विद्यालयको भौतिक संरचना तथा शैक्षिक गतिविधिबारे जानकारी लिँदै अध्यक्ष प्रचण्डले विद्यालयप्रति चासो व्यक्त गर्नुभयो। पदयात्राका क्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय… पुरा पढौ

पुष्पलाल लोकमार्ग अभियान पुनः सुरु गर्न अध्यक्ष प्रचण्ड पोखरामा

पोखरा, भदौ २१ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जेठ २ गते बैतडीको पाटनबाट सुरु गरिएको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियानलाई पुनः सुरु गर्ने भएको छ। बर्खाको मौसमका कारण अभियान केही समयका लागि रोकिएको थियो। जेठ १२ गते पोखरामा स्थगित गरिएको उक्त अभियान आज (भदौ २१ गते) दिउँसो ३ बजे पोखराको रुपा–१, स्यास्त्रीस्थित शहीद पार्कबाट पुनः सुरु गरिने कार्यक्रम तय गरिएको छ। साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लाहरूमा पनि यही भदौ… पुरा पढौ

युवा उद्यमीद्वारा ‘जर्नी भाइब्स ट्राभल्स एण्ड टुर्स’ को औपचारिक शुभारम्भ

नयाँ सोच, उद्यमशीलता र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित “जर्नी भाइब्स ट्राभल्स एण्ड टुर्स” नामक यात्रा तथा पर्यटन कम्पनीको शुक्रबार राजधानीमा औपचारिक शुभारम्भ गरिएको छ। गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले एक विशेष समारोहमा कम्पनीको उद्घाटन गर्नुभयो। नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यका साथ युवा उद्यमीहरूले स्थापना गरेको यस कम्पनीमार्फत हिमाल आरोहण, पदयात्रा, ग्रामीण भ्रमण, सांस्कृतिक तथा धार्मिक यात्रा, प्राकृतिक दृश्यावलोकनलगायतका आकर्षक प्याकेजहरू उपलब्ध गराइने जनाइएको छ। उद्घाटन समारोहमा अध्यक्ष भट्टराईले भन्नुभयो, “युवा उद्यमीहरूको यस्तो पहलले… पुरा पढौ

माओवादीको हस्तक्षेप बिना खेल क्षेत्रको विकास सम्भव नभएको प्रचण्डको दाबी

काठमाडौं, भदौ २० — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रको समग्र विकासका लागि माओवादी केन्द्र र अखिल नेपाल खेलकुद महासंघको आक्रामक हस्तक्षेप अपरिहार्य रहेको बताएका छन्। अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीको सक्रियता बिना खेल क्षेत्रमा क्रान्तिकारी रूपान्तरण सम्भव नहुने स्पष्ट पारे। उनले विगतमा माओवादी नेतृत्वमा खेलकुद मन्त्रालय हुँदा गुणात्मक सुधार भएको उदाहरण प्रस्तुत गर्दै वर्तमान सरकारलाई खेलकुदप्रति उदासीन भएको आरोप लगाए। “राज्यले ध्यान दिने हो… पुरा पढौ

फोरेक्स जापानको ‘७६ को रंग, Fjpay संग’ अभियान सार्वजनिक

काठमाडौं भदौ २० फोरेक्स जापान कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘७६ को रंग, Fjpay संग’ अभियान सुरु गरेको छ। यस अभियानले नेपालका ७६ जिल्लालाई भावनात्मक रूपमा जोड्ने लक्ष्य लिएको छ। कम्पनीले जापानमा रहेका नेपाली संस्थाहरूसँग सहकार्य गर्दै प्रत्येक संस्थालाई १० लाख जापानी येन सहयोग प्रदान गर्नेछ, जुन आपतकालीन राहत कोषमा खर्च गरिनेछ। ‘मेरो ठाँउमै फिजिङ’ अभियानअन्तर्गत हरेक महिना एक जिल्ला चयन गरिनेछ र सो जिल्लाको कला, संस्कृति, पर्यटन आदिको प्रचार गरिनेछ। Fjpay एपमार्फत विशेष कुपन कोड प्रयोग गरी निःशुल्क रकम… पुरा पढौ

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता पनि हो : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

काठमाडौं भदौ २० परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रका लागि केवल पेशा मात्र नभई एक मानवीय सेवा पनि भएको बताउनुभएको छ। काठमाडौँमा सुरु भएको ‘एसिया प्यासिफिक केयर लर्निङ’ सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारलाई बिहीबार सम्बोधन गर्दै मन्त्री राणाले भन्नुभयो, “बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी सम्पूर्ण कार्यहरूलाई केवल पेशा वा जागिरको रूपमा मात्र हेर्नु हुँदैन, यो त एक मानवीय सेवा हो।” उहाँले हेरचाह कार्यको अपरिहार्य भूमिकाका बाबजुद पनि घर, समुदाय तथा राष्ट्रिय स्तरमा यसको मूल्याङ्कन न्यून भएको र… पुरा पढौ

चौथो जैमिनी ब्याडमिन्टन कप हुने

बागलुङ भदौ १९ बागलुङको जैमिनी नगरपालिका–१, कुस्मि सेरामा चौथो जैमिनी ब्याडमिन्टन कप प्रतियोगिता मंसिर १० गते आयोजना हुने भएको छ। प्रतियोगिता जैमिनी ब्याडमिन्टन संघको कभर हलमा हुनेछ। प्रतियोगितामा दुई प्रकारका खेल समावेश गरिएकाे छ । 🏸 प्रतियोगिता विवरण १. धौलागिरी अञ्चलस्तरीय B–लेभल ब्याडमिन्टन दर्ता शुल्क: रु ३,००० पुरस्कारहरू: प्रथम: रु ३०,००० + ट्रफी, मेडल, प्रमाणपत्र दोस्रो: रु २०,००० + ट्रफी, मेडल, प्रमाणपत्र तेस्रो: रु १०,००० + ट्रफी, मेडल, प्रमाणपत्र २. बागलुङ जिल्लास्तरीय Double C–लेभल ब्याडमिन्टन दर्ता शुल्क: रु २,५०० पुरस्कारहरू:… पुरा पढौ

नेपाल प्रहरीका नयाँ महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं भदौ १९नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई आज एक विशेष समारोहका बीच दज्र्यानी चिन्ह प्रदान गरिएको छ। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई औपचारिक रूपमा फूली लगाएर सम्मानित गरे। यसअघि भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको नेतृत्व सुम्पने निर्णय गरेको थियो। समारोहमा बोल्दै आईजीपी खापुङले सरकारको विश्वासलाई निष्ठा, अनुशासन र सेवाभावका साथ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रहरी संगठनका तर्फबाट विभिन्न घटनाक्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते प्रहरी… पुरा पढौ

नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो रहेको परराष्ट्रमन्त्रीको भनाइ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र संयुक्त राज्य अमेरिकाबीच विश्वासमा आधारित, दिगो तथा ऐतिहासिक सम्बन्ध रहिआएको स्पष्ट गर्नुभएको छ। आज यहाँ आयोजित एक समारोहमा अमेरिकी सरकारले नेपाली सेनालाई उपलब्ध गराएको दुईवटा स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्दै मन्त्री डा. राणाले उक्त सहयोग नेपाल–अमेरिका मित्रता र सहकार्यको प्रतीक भएको बताउनुभयो। उहाँले अमेरिकालाई नेपालको प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरण, मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा क्षमता विकासका क्षेत्रमा एक भरपर्दो विकास साझेदारको रूपमा वर्णन गर्नुभयो। नेपाल र अमेरिकाबीचको मित्रता सधैं शान्ति, स्थायित्व… पुरा पढौ

बागलुङको जैमिनीमा लोकगायक डिल्ली पौडेलको मोटरसाइकलमा तोडफोड

बागलुङ, भदौ १७ — बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ बास्टरीमा स्थानीय लोकगायक तथा शिक्षक डिल्ली पौडेलको मोटरसाइकलमा गए राति अज्ञात समूहले तोडफोड गरेको छ। पौडेलको घर नजिकै पार्किङ गरिएको ध १ प ७६८७ नम्बरको मोटरसाइकलमा व्यापक क्षति पुगेको छ। पौडेलका अनुसार मोटरसाइकलको ब्रेक तार काटिएको, ऐना फुटाइएको, पाङ्ग्राको हावा फालिएको र चापी राख्ने भाग समेत नराम्रो संग बिगारिएकाे छ। माेटर साईकल “ त काम लाग्ने अवस्थामा छैन,” उहाँले भन्नुभयो। उहाँले घटनाबारे कुस्मि सेरा प्रहरी चौकीमा उजुरी दर्ता गरिसक्नुभएको छ। पौडेलले जानकारी… पुरा पढौ