
काठमाडौं क्यान्सर सेन्टर र क्यान्सर सपोर्ट एन्ड अवेयरनेस नेपाल (CSAN) ले क्यान्सर रोगको रोकथाम, समयमै पहिचान तथा उपचारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको छ।
काठमाडौंस्थितमा आयोजित पत्रकार सम्मेलनमा क्यान्सर रोग भरसक नेपाली लाई नलागाेस् तर लागेर
इण्डिया चाइना सिंगापुरमा महंगोमा उपचार गर्नुभन्दा नेपाल मै सस्तोमा उपचार गर्न गराउन आफुहरूले काम गरिरहेकाे नेपालमा क्यान्सरको उपचार महंगो यहाँ शुरू नगराै बाहिर जानुपर्छ जान दियौं भन्ने भाष्य रहेको
काठमाडौं क्यान्सर सेन्टरका डाक्टर अन्जनी कुमार झाले बताए ।
डाक्टर झा ले नेपाल बाट एक बर्षमा १५ सय भन्दा बढी क्यान्सर राेगका बिरामी भारतमा गयो भने कति पैसा बाहिर जान्छ बाहिर गएर मात्र उपचार हुने हैन नेपालमा पनि त्यहीँ गुणस्तरकाे सेवा दिन काठमाडौं क्यान्सर सेन्टर तयार रहेको बताए ।
काठमाडौंमा क्यान्सर अस्पतालमा धेरै प्रकारका उपचार भइरहेको अहिले बाेन म्याराे ट्रासप्लान सेवा शुरू गरेको अत्याधुनिक सेवा उपलब्ध गराउदै आएको काठमाडौं क्यान्सर सेन्टरका प्रशासन प्रमुख बर्षा काेइरालाले बताए ।
आम नागरिकमा सचेतना फैलाउने, प्रारम्भिक चरणमै परीक्षण र उपचारको महत्वबारे जानकारी गराउने तथा बिरामीलाई आवश्यक सहयोग उपलब्ध गराउने अभियानका विषयमा जानकारी दिइएको थियो।
आयोजक संस्थाका प्रतिनिधिहरूले नेपालमा पछिल्लो समय क्यान्सर रोगीको संख्या बढ्दै गइरहेको सन्दर्भमा समयमै परीक्षण, स्वस्थ जीवनशैली अपनाउने र जनचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
कार्यक्रममा क्यान्सर उपचार तथा बिरामी सहयोगसँग सम्बन्धित विभिन्न गतिविधि, आगामी योजनाहरू तथा समुदायस्तरमा सञ्चालन गरिने सचेतनामूलक कार्यक्रमबारे समेत जानकारी गराइएको थियो।
आयोजक संस्थाले ‘Together for Hope, Together for Life’ भन्ने नारासहित क्यान्सरविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।














