लायन्स क्लबहरूको नेतृत्व सुदृढीकरणमा केन्द्रित पहिलो एड्भाइजरी बैठक सम्पन्न

-


     हिडन खबर    
     असार २७ गते २०८३ मा प्रकाशित


बागलुङ, असार २७

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत क्षेत्रीय तथा जोनस्तरीय नेतृत्वलाई प्रभावकारी बनाउने उद्देश्यले डिस्ट्रिक्ट गभर्नरको पहिलो एड्भाइजरी कमिटी बैठक शनिबार बागलुङमा सम्पन्न भएको छ।

लायन्स क्लब अफ बागलुङ आवाजको आतिथ्यतामा आयोजित बैठकमा जोन चेयरपर्सन लायन सूर्यप्रसाद चापागाईं, चिफ एक्जुकेटिभ डाइरेक्टर दुर्गा कुवँर ,लायन नारायण आचार्य रिजन चेयरपर्सन लायन लिलादेवी खड्का तथा क्लस्टर चिफ लायन अस्मिता गौतमको नेतृत्वमा विभिन्न क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

बैठकमा लायन्स वर्ष २०२६/२७ का लागि तय गरिएका सेवा, सदस्यता विस्तार, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूबारे छलफल गरिएको थियो। साथै, क्लबहरूबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने, सेवा गतिविधिलाई समुदायमुखी बनाउने तथा लायन्सको मानवीय सेवाको दायरालाई विस्तार गर्ने विषयमा सहभागीहरूले सुझाव दिएका थिए।

बैठकमा लायन्स क्लब अफ बागलुङ, लायन्स क्लब अफ बागलुङ आवाज, लायन्स क्लब अफ बागलुङ भगवती तथा लायन्स क्लब अफ बागलुङ शालिग्रामका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा आगामी कार्ययोजना, क्लबहरूको प्रगति समीक्षा तथा डिस्ट्रिक्टको वार्षिक लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीतिबारे समेत विस्तृत छलफल भएको थियो।

लायन्स इन्टरनेशनलले विश्वभर मानवीय सेवा, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ भने यस्ता बैठकले क्लबहरूबीचको सहकार्यलाई थप मजबुत बनाउँदै सेवा कार्यलाई परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।