मोबाइल चोरीमा संलग्न एक युवक पक्राउ

-


     हिडन खबर    
     असार ३२ गते २०८३ मा प्रकाशित


बागलुङ, साउन ३१ — बागलुङ जिल्लाका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका मोबाइल फोनको खोजतलासका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–२ स्थित धौलागिरि प्रादेशिक अस्पतालबाट हराएको रेड्मी ९टी मोबाइल र बागलुङ नगरपालिका–२ कै आवारोडस्थित एस.के. ज्वेलर्सको काउन्टरबाट चोरी भएको रेड्मी नोट १३ मोबाइलको अनुसन्धानका क्रममा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो।

प्रहरीले चोरी भएका मोबाइलसहित काठमाण्डौ जिल्ला, तार्केश्वर नगरपालिका–६ निवासी २९ वर्षीय अमृत खड्कालाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको टोलीले विभिन्न स्थानमा खोजतलास तथा अनुसन्धान गर्ने क्रममा चोरीमा प्रयोग भएका मोबाइल बरामद गरेको जनाएको छ। पक्राउ परेका खड्काविरुद्ध चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा सम्मानित बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।

फोटो क्याप्सन: मोबाइल चोरी प्रकरणमा पक्राउ परेका आरोपी। तस्बिर : एआइ