चन्द्रागिरिमा कारले जबर्जस्ती रूपमा ट्याक्सी लाई हान्याे

-


     हिडन खबर    
     असार ३२ गते २०८३ मा प्रकाशित


काठमाडौं असार ३२

बागमती प्रदेश ०३४ च ७२६२ नम्बरको निजी कारले
चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ चेकपोस्टमा ००२ ज ७६९९ नम्बरको भाडाको ट्याक्सी लाइ जबर्जस्ति रूपमा ठक्कर हानेर क्षति पुर्याएकाे छ ।

चन्द्रागिरि बाट काठमाडौ तर्फ जादै गरेको भाडाको ट्याक्सी लाई बिवाइडी कारले बाटो आ‌ेभर टेक गर्दै जबर्जस्ती ठक्कर दिएपछि ट्याक्सी क्षतिग्रस्त हुन पुगेको प्रहरीले जनाएको छ ।ट्याक्सीमा क्षति भएपनि
दुर्घटनामा सवारी चालक भने सकुशल रहेका छन् ।

जबर्जस्ती हानेर भागेको कारलाई स्थानीयले राेकेर प्रहरीमा खबर गरेपछि उक्त कारलाइ नगरपालिकाकाे
क्रेनले उठाएर लगेको छ ।

तस्बिर = इना कुमारी श्रेष्ठ राजभण्डारी