सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

-


     हिडन खबर    
     श्रावण १ गते २०८३ मा प्रकाशित


बागलुङ, साउन १ । सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई बागलुङ प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सम्मानित पर्वत जिल्ला अदालतको २०५३ असोज २० गतेको फैसला आदेशले ५ महिना ७ दिन कैद सजाय तोकिएका बागलुङ नगरपालिका–९ कमलढाँडा निवासी राजु थापा भन्ने राजबहादुर थापालाई पक्राउ गरिएको हो।

लामो समयदेखि फरार रहेका थापालाई जिल्ला प्रहरी कार्यालय मातहत नगर प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले असार ३२ गते बिहान करिब ८ बजे उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका थापालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बागलुङमार्फत कारागार कार्यालय बागलुङ पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।