समाचार

दर्जनौं कलाकारले बेलायतमा मनाए दशैँ

सांगीतिक कार्यक्रममा सहभागी हुन बेलायत पुगेका दर्जनौं कलाकारहरूले यहाँ दशैँ बिताएका छन्। चर्चित गायक तथा संगीतकार राजन राज शिवाकोटी कार्यक्रमको सिलसिलामा बेलायतमा छन् र दशैँ मनाएका छन्। यस्तै, बहुप्रसिद्ध गायक रामजी खाँड पनि आफ्ना आफन्त, साथी तथा भाईसँग दशैँ मनाइरहेका छन्। लोकप्रिय गायक राज सिग्देल पनि कार्यक्रमका क्रममा बेलायतमा छन्। गायक तथा दक्ष कार्यक्रम प्रस्तोता राजेश बर्देवा पनि बेलायतमा छन् र उनले पनि आफन्त, साथी तथा भाईसँग दशैँ मनाएका छन्। लोकप्रिय गायिका देबि घर्ती मगर पनि कार्यक्रममा सहभागी हुँदै बेलायतमा… पुरा पढौ

बागलुङमा एकसाथ १८०  जना कन्या पुजन गरियो

बागलुङ असाेज १६ नेपाली समाजमा बाल हिंसा लगायत घटना बढ्दै गइरहेको बेला बागलुङ नगरपालिकामा भने बिगत १० बर्ष देखि नेपालीहरूकाे महान चाड दशैकाे अवसर पारेर नवमीका दिन सामुहिक रूपमा १८० जना कन्या पुजन गरियो ।समाजमा सकारात्मक सन्देश दिनकन्या बालबालिका भगवान् का स्वरूप हुन् भनेर चिनाउन यो सामुहिक पुजा थालनी गरिएको छ । प्राचीन, ऐतिहासिकता बोकेको गण्डकी प्रदेशको बागलुङमा  १० वर्षअघि सुरु गरिएको ‘कन्या–पूजा’ (रजस्वला नभएका दश बर्षमुनिका कन्यालाई)लाई निरन्तरता दिइँदै यश बर्ष पनि पुजा गरियो ।  कन्या–पूजा बागलुङ नगरपालीकाकाे कुडुँलेमा… पुरा पढौ

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट विजया दशमीको शुभकामना

नेपाल — हिन्दू धर्मावलम्बीहरूको महान चाड, विजया दशमी २०८२ को पावन अवसरमा, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु, समृद्धि र निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। प्रचण्डले वर्तमान जटिल राजनीतिक परिस्थितिमा नेपाली जनताका महान संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका विषयहरूलाई गम्भीर आत्मसमीक्षा र जिम्मेवार ढंगले सम्बोधन गर्न आवश्यक रहेको बताउनुभएको छ। संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका… पुरा पढौ

नेपाल प्रहरीका चार डिआइजी एआइजी पदका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। सिफारिस सूचीमा पहिलो नम्बरमा सुशीलसिंह राठौर, दोस्रोमा उमाप्रसाद चर्तुवेदी, तेस्रोमा हिमालयकुमार श्रेष्ठ र चौथोमा डम्बरबहादुर बिक रहेका छन्। राठौर प्रशासन विभागअन्तर्गतको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत छन्। चर्तुवेदी मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन्। श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने बिक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन्। अब मन्त्रिपरिषद्को बैठकले सिफारिस गरिएका चार डिआइजीलाई एआइजी पदमा नियुक्त… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा सम्पत्ति सार्वजनिक गर्ने घोषणा

काठमाडौं, असोज १० — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने तथा सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ। उहाँले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीहरूले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। “अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र शैलीबाट अघि बढ्नुपर्छ,” अध्यक्ष प्रचण्डले स्पष्ट गर्नुभयो। संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उहाँको भनाइ थियो। बैठकमा… पुरा पढौ

माओवादी केन्द्रको सातौं पूर्ण बैठक दोस्रो दिनमा प्रवेश, प्रस्तावहरूमा छलफल जारी

काठमाडौं, असोज ९ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक आज दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्तावमाथि गहिरो छलफल भइरहेको छ। बैठकको प्रारम्भिक सत्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले अध्यक्षको प्रस्तावलाई पूरक बनाउने उद्देश्यले आफ्ना छुट्टाछुट्टै प्रस्तावहरू प्रस्तुत गरेका थिए। ती प्रस्तावहरूमा पार्टीको वर्तमान राजनीतिक अवस्थाको मूल्यांकन, आगामी रणनीति, संगठन सुदृढीकरणका उपायहरू, र जनतासँगको सम्बन्ध सशक्त बनाउने विषयहरू… पुरा पढौ

मालिका सेवा समाजद्वारा २० जना सेवा निवृत्त शिक्षकलाई सम्मान

बागलुङ असाेज १० २०७३ सालमा सामाजिक शैक्षिक खेलकुद र स्वास्थ लगायतका क्षेत्रमा सेवा गर्ने उदेश्यका साथ स्थापना भएको मालिका सेवा समाज बागलुङले बिजया दशमी तथा दिपावलीकाे अवसरमा शुभकामना आदानप्रदान तथा सेवा निवृत्त शिक्षकहरूलाइ सम्मान गरेको छ । बागलुङ सदरमुकाममा एक कार्यक्रम गरेर बागलुङको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण भुमिका निभाएकाे भन्दै समाजले २० जना सेवा निवृत्त शिक्षकहरूलाई सम्मानपत्र नेपाली ढाका टाेपी रूद्राक्षयकाे माला लगाएर सम्मान गरिएको थियो । बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकाकाे सामुदायिक बिद्यालयमा अध्यापन गराएर शैक्षिक सेवाकाे क्षेत्रमा भुमिका… पुरा पढौ

माओवादीले केन्द्रीय कमिटी विघटन गर्दै प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने

काठमाडौं — नेकपा (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय कमिटी विघटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र एकता कायम गर्न तथा वर्तमान राजनीतिक परिस्थितिको आवश्यकताअनुसार केन्द्रीय कमिटी भंग गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन आयोजक समितिको संयोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरिनेछ। बैठकले विशेष महाधिवेशनको मिति तोक्ने प्रस्ताव पनि केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको… पुरा पढौ

GenZ बाग्लुङ समूहको स्पष्ट घोषणा: बाह्य संरचनामा सहभागी नहुने

बाग्लुङ — GenZ बाग्लुङ समूहले एक विज्ञप्ति जारी गर्दै समूहको स्वतन्त्रता, मौलिकता र पारदर्शितामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ। समूहले GenZ को नाममा गठन गरिएका कुनै पनि प्रादेशिक वा केन्द्रीय समितिमा सहभागी नहुने निर्णय लिएको छ। समूहका अनुसार, स्थापना कालदेखि नै स्थानीय युवाहरूको आवाजलाई प्राथमिकता दिने उद्देश्यसहित अभियान अघि बढाइएको छ। त्यसैले, समूहका गतिविधि, कार्यक्रम तथा निर्णयहरू बाग्लुङमै केन्द्रित रहनेछन्। साथै, कुनै पनि बाह्य राजनीतिक वा संगठनात्मक संरचनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुने प्रतिबद्धता व्यक्त गरिएको छ। GenZ… पुरा पढौ

मगर उत्थान समाज काठमाडौंको १३औं साधारण सभा तथा ७औं अधिवेशन सम्पन्न

काठमाडौं, नेपाल — मगर उत्थान समाज काठमाडौंको १३औं साधारण सभा तथा ७औं अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल मगर संघका केन्द्रिय अध्यक्ष श्री ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उक्त अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिएको छ, जसमा निम्न पदाधिकारीहरू निर्वाचित भएका छन्: नव निर्वाचित कार्यसमिति: अध्यक्ष: चन्द्र ब. थापा मगर बरिष्ठ उपाध्यक्ष: टेक ब. राना मगर उपाध्यक्ष: निर्मला थापा मगर महासचिव: कान्ता ब. थापा सचिव: डम्बर थापा मगर सह-सचिव: गीता राना मगर कोषाध्यक्ष: सुन्दर… पुरा पढौ