
काठमाडौं, साउन ११
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत जोन २९ का जोन चेयरपर्सन लायन सनतकुमार बस्नेतको नेतृत्वमा डिस्ट्रिक्ट गभर्नरको पहिलो एड्भाइजरी कमिटी (District Governor’s First Advisory Committee Meeting) बैठक सफलतापूर्वक सम्पन्न भएको छ।

काठमाडौंको सामाखुसीस्थित स्काई रेष्ट्रो एण्ड ब्याङ्क्वेटमा सोमबार आयोजित बैठकमा जोन अन्तर्गत रहेका विभिन्न लायन्स क्लबका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन जोन चेयरपर्सन बस्नेतले उत्कृष्ट नेतृत्व, समन्वय र व्यवस्थापन क्षमता प्रदर्शन गरेको सहभागीहरूले बताएका छन्।

बैठकको सफल आयोजनाका लागि जोन चेयरपर्सन बस्नेतको सक्रियता, समर्पण र जिम्मेवार भूमिकाको प्रशंसा गरिएको छ। उहाँको नेतृत्वले जोन अन्तर्गतका क्लबहरूलाई थप सक्रिय र प्रभावकारी रूपमा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्न प्रेरणा मिलेको बताइएको छ।
बैठक सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्लस्टर चिफ लायन गोविन्दप्रसाद पाठक तथा रिजन चेयरपर्सन लायन श्यामसुन्दर महर्जनको योगदानको समेत उच्च मूल्यांकन गरिएको छ।

उहाँहरूको निरन्तर सहयोग, समन्वय र सहकार्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ।
डिस्ट्रिक्ट ३२५ के नेपालका ‘मिसन १.५’ प्रमुख लायन महाप्रसाद पाण्डेले जोन चेयरपर्सन बस्नेत, क्लस्टर चिफ पाठक तथा रिजन चेयरपर्सन महर्जनलाई सफल कार्यक्रम आयोजनाका लागि बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि लायन्स अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन सफलताको शुभेच्छा व्यक्त गर्नुभएको छ।

लायन्स इन्टरनेशनलको “We Serve” अभियानलाई थप सशक्त बनाउने उद्देश्यका साथ आयोजित यस्ता बैठकहरूले क्लबहरूबीच समन्वय, नेतृत्व विकास तथा सेवामूलक कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।










