
बागलुङ, साउन ११
बागलुङ प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न एक टिपरलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–१ मालढुंगास्थित सडक खण्डमा नियमित सवारी साधन जाँचका क्रममा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको बा.प्र.०३–००१ ख ०२५२ नम्बरको टिपर नियन्त्रणमा लिइएको हो।
प्रहरीले नियन्त्रणमा लिएको उक्त टिपरलाई आवश्यक कानुनी कारबाहीका लागि बागलुङ नगरपालिकाको कार्यालयमा पठाइएको थियो। नगरपालिकाले उक्त सवारी साधनलाई १५ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ। प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।











