
बागलुङ, साउन १० – लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूको पहिलो जोन एड्भाइजरी बैठक (District Governor’s First Advisory Committee Meeting) निर्धारित समयमै सम्पन्न भएको छ।

शनिबार सम्पन्न बैठकमा जोन अन्तर्गतका क्लबहरूको शतप्रतिशत सहभागिता रहेको जनाइएको छ। “Leading with Purpose” भन्ने नारालाई आत्मसात गर्दै आयोजित कार्यक्रम जिल्ला क्याबिनेट सचिव लायन गणेश जीसीको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको हो।

कार्यक्रममा डिस्ट्रिक्ट मिसन १.५ प्रमुख तथा जोन मेन्टर लायन महाप्रसाद पाण्डे, डिस्ट्रिक्ट एक्जिक्युटिभ चिफ लायन राजनप्रसाद काप्री, लायन दयाराम कार्की, लायन रामहरि देवकोटा लगायतका लायन नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन क्षेत्रीय अध्यक्ष (Region Chairperson) लायन दीपेन्द्र केसी, क्लस्टर चिफ लायन सहदेव बस्नेत, डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ चेतनाथ न्यौपाने तथा विभिन्न क्लबका पूर्व अध्यक्षसहित लायन नेतृत्वको सक्रिय योगदान रहेको बताइएको छ।

जोन चेयरपर्सन लायन चिजकुमार कार्की को नेतृत्वमा सम्पन्न यो पहिलो जोन बैठकले आगामी कार्यकालका कार्यक्रम तथा सेवा गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।










