समाचार

जेनेरेसन जेडको आवाज हाम्रो पनि हो, माओवादी मुलधारको पार्टी बन्छ : संयोजक प्रचण्ड

चितवन, असोज ३० — नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बिहान चितवनको भरतपुरस्थित कृष्णपुरमा रहेको जिल्ला पार्टी कार्यालय प्राङ्गणमा नेता तथा कार्यकर्तासँग भेटघाट तथा सम्बोधन गर्नुभयो। सोही स्थानमा रहेको पार्टी कार्यालय भवन केही समयअघि जलाइएको थियो। कार्यक्रमको प्रारम्भमा उहाँले देवघाटसम्म बिहानको पैदलयात्रा (मोर्निङ वाक) गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँले जेनेरेसन जेड आन्दोलन, सरकारको लापरवाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, वामपन्थी एकता लगायतका विषयमा स्पष्ट धारणा व्यक्त गर्नुभयो। संयोजक प्रचण्डले सामाजिक सञ्जालमार्फत संगठित युवा आन्दोलनलाई… पुरा पढौ

जेन्जीहरूको असली प्रतिनिधि माओवादी केन्द्र हो : संयोजक प्रचण्ड

धादिङ, महादेवेसी, असोज २९नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डा अनुसार अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ। धादिङको थाक्रे गाउँपालिकास्थित महादेवेसीमा आयोजित पार्टीको गाउँपालिका बैठकमा सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याउनुभयो। अध्यक्ष प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा माओवादी केन्द्र संविधान, गणतन्त्र र जनताको पक्षमा दृढतापूर्वक उभिएको बताउनुभयो।"हाम्रो पार्टी नै जेन्जी आन्दोलन सुरु हुनुअघि नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो," उहाँले भन्नुभयो, "जेन्जी आन्दोलनलाई समर्थन मात्र… पुरा पढौ

देशी–विदेशी शक्तिहरूबाट अस्थिरता निम्त्याउने प्रयास: मन्त्री पाठकको नागरिकलाई सचेत रहन आह्वान

पर्वत असाेज २७ गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले देश अहिले संवेदनशील परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै देशी तथा विदेशी शक्तिहरूले विभिन्न बहानामा मुलुकलाई अस्थिर बनाउने र कब्जा गर्ने मनसायले लागिपरेकोले आम नागरिकलाई सचेत रहन आग्रह गरेका छन्। सोमबार पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० स्थित वडा कार्यालय तथा पिपलटारी स्वास्थ्य चौकीको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाठकले संविधान जारी भई व्यवस्था स्थापित भइसकेपछि विकास र समृद्धिको खाका कोरिँदै गर्दा मुलुकलाई पुनः अस्थिरतातर्फ लैजाने प्रयास भइरहेको बताए। उनले गत भदौ २३ गते… पुरा पढौ

देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं — पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको छ। नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आगलागी हुनु दुई दिनअघि नै दुई वटा ट्रकमार्फत दुई करोड रुपैयाँ लुकाइएको भन्ने भ्रामक र तथ्यहीन प्रचार सामाजिक सञ्जालमार्फत गरिएको आरोपमा उजुरी दर्ता गरिएको हो। सुवेदीले सामाजिक सञ्जालमार्फत संयोजक दाहालको निवाससँग जोडेर झुठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गर्नुका साथै चरित्रहत्या गरेको उजुरीमा उल्लेख छ। पार्टी नेतृत्वविरुद्ध गरिएको यस्तो प्रचारप्रसार गम्भीर साइबर अपराधमा पर्ने भएकाले आवश्यक… पुरा पढौ

प्रचण्ड र परिवारविरुद्धको प्रचारप्रति माओवादीको आपत्ति, कानुनी कारबाहीको माग

काठमाडौं, असोज २६ — नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका परिवारका सदस्यहरूलाई लक्षित गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा प्रसारित समाचारहरूप्रति माओवादी केन्द्रले गम्भीर आपत्ति जनाएको छ। प्रचण्डको सचिवालयबाट जारी विज्ञप्तिमा संकटको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढंगले तथ्यहीन र चरित्रहत्या गर्ने सामग्री प्रवाह गरिएको भन्दै खेद प्रकट गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “यस्ता सामग्रीहरू संविधान, पत्रकार आचारसंहिता तथा अभिव्यक्ति स्वतन्त्रताको कानुनी सीमाभन्दा बाहिर छन्।” सत्यता प्रमाणित गर्न चुनौती सचिवालयले प्रचण्डको निवासबाट जेन जेड आन्दोलनपूर्व दुई… पुरा पढौ

डा. तरुण पौडेल चिकित्सा कोषको १३औं वार्षिकोत्सव तथा १०औं सम्मान/पुरस्कार कार्यक्रम सम्पन्न

काठमाडौं — डा. तरुण पौडेल चिकित्सा कोषको १३औं वार्षिकोत्सव तथा १०औं सम्मान/पुरस्कार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा स्वास्थ्य क्षेत्रका विभिन्न योगदानकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरियो। स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानित गरिने यस कार्यक्रममा निम्न व्यक्तिहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो: प्रा. डा. पुकारचन्द्र श्रेष्ठ अनमी जानकी पुजारा (बैतडी) सि.अ.हे.ब. जयप्रकाश कोइरी (पोखरा) समाजसेवी रेवतीरमण पौडेल तथा शान्ता देवी पौडेल (लेखनाथ) समाजसेवी अनुपमान सैंजु तथा रारा सैंजु (बुटवल) त्यस्तै, शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थी मौसम… पुरा पढौ

डा. पुकार चन्द्र श्रेष्ठ दम्पतीको बिद्यामन्दिर मा.वि.मा विशेष स्वागत

बागलुङ — बागलुङस्थित बिद्यामन्दिर माध्यमिक विद्यालयमा विद्यालयका पूर्वविद्यार्थी तथा शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका पूर्व कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र उहाँकी धर्मपत्नी नबिना श्रेष्ठको विशेष स्वागत गरिएको छ। विद्यालयमा उहाँहरूको आगमनले सम्पूर्ण विद्यालय परिवारमा उत्साह थपिएको थियो। कार्यक्रमको अवसरमा विद्यालयका प्रधानाध्यापक तथा शिक्षक-शिक्षिका,र बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शनि केसी बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थितिमा स्वागत समारोह आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालयका समसामयिक गतिविधिहरू, शैक्षिक प्रगति, भौतिक पूर्वाधारको अवस्था तथा भावी योजनाहरूको बारेमा… पुरा पढौ

मानसिक स्वास्थ्य सचेतना सन्देशसहित बाइक र्याली सम्पन्न

बागलुङ, अक्टोबर ७ — सप्ताहव्यापी मानसिक स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ धौलागिरि बागलुङको आयोजनामा शनिबार मानसिक स्वास्थ्य सम्बन्धी सन्देशसहितको बाइक र्याली सम्पन्न भयो। कार्यक्रममा सहभागीहरूले प्लेकार्ड बोकेर बजार परिक्रमा गरे, जसमा मानसिक स्वास्थ्यको महत्वबारे जनचेतना फैलाउने उद्देश्य राखिएको थियो। र्यालीको विशेषता भनेको ‘नो हर्न’ अभियान थियो, जसअन्तर्गत कम ध्वनि प्रदूषणमा पनि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरियो। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने क्लब अध्यक्ष लायन राजेश भारी तथा सम्पूर्ण लायन लिडरहरूलाई कार्यक्रम संयोजक लक्ष्मण… पुरा पढौ

मतदाता नामावली अद्यावधिकमा विशेष ध्यान दिन माओवादी केन्द्रको निर्देशन

काठमाडौं, असोज २१ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ। पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको परिपत्रमा कार्यकर्तालाई आगामी कार्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गराउन, विवाह वा बसाइँ सराइका कारण मतदान केन्द्र परिवर्तन गर्नुपर्ने अवस्थामा आवश्यक प्रक्रिया पुर्‍याउन, साथै नाम, जन्ममिति वा अन्य विवरणमा त्रुटि भएमा सच्याउन… पुरा पढौ

बागलुङमा पिकअप जीप दुर्घटना, तीन जना घाइते

बागलुङ ताराखोलामा असोज १७ गते साँझ करिब ५ बजेको समयमा ग१ज ६१०० नं. को पिकअप जीप दुर्घटनाग्रस्त भएको छ। ताराखोलाबाट हटिया तर्फ जाँदै गरेको उक्त सवारी चालकले अचानक नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटना भएको खबर मिल्दैझैं इ.प्र.का. ताराखोलाबाट प्रहरी निरीक्षक प्रमोद कुमार नेपालीको कमाण्डमा दुई जना र इ.प्र.का. गलकोटबाट प्रहरी निरीक्षक देवराज काप्लेको नेतृत्वमा पाँच सदस्यीय टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। घटना स्थलमा सवारी साधन भने त्यही रहेको र चालक प्रहरीले नियन्त्रणमा राखेको… पुरा पढौ