
काठमाडौं, साउन १५
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत आयोजना गरिएको डिस्ट्रिक्ट गभर्नरको प्रथम एड्भाइजरी कमिटी मिटिङ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंस्थित क्वालिटी क्याफेमा २०२६ जुलाई ३० (साउन १५) मा सम्पन्न बैठक जोन चेयरपर्सन जितेन्द्र लामाको सक्रिय नेतृत्व र उत्कृष्ट व्यवस्थापनमा सम्पन्न भएको हो।
बैठकमा जोनअन्तर्गत रहेका विभिन्न लायन्स क्लबका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सफल आयोजना, प्रभावकारी समन्वय र समय व्यवस्थापनमा जोन चेयरपर्सन लामाले देखाएको नेतृत्व क्षमताको लायन्स अभियानभित्र प्रशंसा गरिएको छ।
डिस्ट्रिक्ट ३२५ के नेपालका मिसन १.५ चिफ महाप्रसाद पाण्डेले जोन चेयरपर्सन जितेन्द्र लामालाई बधाई दिँदै उहाँको समर्पण, सक्रियता र जिम्मेवारीपूर्ण भूमिकाले लायन्स सेवाको अभियानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले बैठक सफल बनाउन महत्वपूर्ण सहयोग, समन्वय र सहकार्य गर्ने क्लस्टर चिफ तमन्ना सिंह तथा रिजन चेयरपर्सन प्रमोद खनालप्रति समेत धन्यवाद व्यक्त गर्नुभएको छ।
लायन्स नेतृत्वले जोन चेयरपर्सन लामाको उत्कृष्ट कार्यसम्पादन, व्यावसायिकता र सेवाप्रतिको प्रतिबद्धता आगामी दिनमा पनि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेको छ।












