रत्न राज्य मा बि ६ दशक यताकै SEE मा उत्कृष्ट नतिजा ल्याउन सफल
काठमाडौं श्रावण १६ सामुदायिक बिद्यालयमा पढाइ राम्रो पढाइ नहुने भन्दै निजी बिद्यालय तर्फ बिद्यार्थी र अभिभावक आकर्षित भइरहेको समयमा देशको राजधानीमा बि.स. २०१८ सालमा स्थापना भएको रत्न राज्य माध्यमिक विद्यालयको शैक्षिक स्तर अन्य विद्यालयभन्दा अब्बल बन्दै गइरहेको छ । देशभरका प्राय ७७ वटै जिल्लाका विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा शैक्षिक गुणस्तर राम्रो रहनुका साथै भौतिक पुर्वाधार पनि सक्षम बनाउदै गइरहेको छ । मध्यबानेश्वरमा अवस्थित यो विद्यालयमा अङ्ग्रेजी र नेपाली दुबै माध्यमबाट पढाइ संचालन हुनुका साथै बिगतमा भन्दा पढाइको स्तर धेरै…
पुरा पढौ
रामरेखा आधारभूत विद्यालयलाई डिआइआरडिसीद्वारा भ्यान हस्तान्तरण
बागलुङ । रामरेखा आधारभूत विद्यालयमा अध्ययरत अपाङ्गता भएका र विपन्न विद्यार्थीहरुलाई लक्षित गरेर स्कुल भ्यान सेवा सञ्चालनमा आउने भएको छ । डिआइआरडिसी को पहलमा विद्यालयका अपाङ्गता भएका र विपन्न विद्यार्थीको शिक्षामा पहुँच पुगोस भनि विद्यालयलाई भ्यान उपलब्ध गराएको हो । बसको व्यवस्थापछि बागलुङ नगरपालिका-१ को रामरेखामा रहेको यस विद्यालयका बालबालिकालाई विद्यालय आउजाउ गर्न धेरै सहज हुने भएको छ । डिआइआरडिसीको पहलमा झण्डै ५० लाख रुपैयाँ पर्ने गाडी राजश्व छुट गरेर २० लाख रुपैयाँमा भित्राइएको हो । डिआइआरडिसीका अध्यक्ष केवी राना…
पुरा पढौ
मानव बेचबिखन कम गर्न सचेतना
कास्की / राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामसँगको सहकार्यमा मानव बेचबिखन कम गर्न सचेतना कार्यक्रम गरेको छ । पोखरा–५, मालेपाटनमा रहेको वाराहि माविमा कक्षा १२ का ६० विद्यार्थीलाई मंगलबार प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक शाखा इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले मानव बेचबिखनसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्कुलका शिक्षक, राष्ट्रिय सम्पदाका पदाधिकारी र प्रहरी कर्मचारीसमेत…
पुरा पढौ
बिद्यार्थी लाई कागती र सुन्तलाकाे ७ हजार बिरुवा वितरण
बागलुङ / बढ्दो जलवायु परिवर्तन न्यूनीकरण र विद्यार्थीहरुलाई कृषि तथा उत्पादनसगँ जोड्ने उद्देश्यले एक बिद्यार्थी एक कागती र एक सुन्तलाकाे बिरुवा वितरण गरिएको छ । कृषि बिषयमा स्नातकोत्तर गर्नुभएका बागलुङका सुजन सापकोटाले विगत २ बर्ष देखि बागलुङ जिल्ला भित्र ९ र १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई एक विद्यार्थी ,एक सुन्तला / एक कागती विरुवा वितरण अभियान संचालन गर्दै आउनुभएको छ । ७ हजार बिरुवा अहिलेसम्म बितरण गरिसकेकाे जैमिनी नगरपालिका / बागलुङ नगरपालिका र बरेङ गाउँपालिका भित्र अभियान चलिरहेको र अब…
पुरा पढौ
‘संघीय लोकतान्त्रिक गणतन्त्रका लागि बोक्सी प्रथा ठूलो चुनौति
काठमाडौं । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’को फस्टलुक सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले फस्टलुक सार्वजनिक गरेका हुन् । फिल्म आगामी मंसिर ७ गते रिलिज हुँदैछ । कार्यक्रममा मन्त्री गुरुङले बोक्सीको अन्धविश्वासविरुद्ध फिल्म निर्माण हुनु सराहनीय कार्य भएको बताए । ‘बोक्सीको आरोपमा धेरै महिला मारिएका छन् । उनीहरुमाथि कुटपिट भएको छ, उनीहरुले आत्महत्या गरेका छन् । अझ भनौं अमानवीय कार्य नै भएको…
पुरा पढौ
पश्चिम बागलुङका ३ पालिकामा एकैसाथ प्रभु बैंकका ४ वटा शाखा सञ्चालन
बागलुङ । प्रभु बैंक लिमिटेडले बागलुङ पश्चिमका ३ पालिकामा एकैसाथ ४ वटा शाखा सञ्चालनमा ल्याएको छ ।बडिगाड गाउँपालिकाको वडा नं २ खर्बाङ, वडा नं ७ भिमगिठे, ढोरपाटन नगरपालिका ७ बोबाङ र निसीखोला गाउँपालिका २ निसीमा शाखा सञ्चालनमा आएका हुन् । ४ वटै शाखाको सोमबार प्रभु बैंकका संस्थापक अध्यक्ष देवि प्रकाश भट्टचनले उद्घाटन गर्नुभएको हो । ३ सय १३ औँ खर्बाङ शाखाको उद्घाटन समारोहमा बोल्दै भट्टचनले बैंकको शाखा स्थापना संगै यस क्षेत्रका नागरिकहरुलाई सहज बैंकिङ सेवा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो…
पुरा पढौ
सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको नाममा इमेज सहकारीका देवकुमार नेपाली
१४ साउन, काठमाडौं । सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन गरी देश बाहिर भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ । बचत कर्ताले सहकारीमा जम्मा गरेको बचत रकम अबचलन गरेर फरार रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल तत्कालस्वदेश फर्काउन निर्देशन दिएको हाे । समितिको सोमबार बसेको बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको…
पुरा पढौ
पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, २४ जना घाइते
पोखरा । पोखरामा विद्यार्थी चढेको बस दुर्घटना भएको छ । पोखरा बिरौटाको एलपी देवकोटा स्कुलको ग १ क ६२१९ नम्बरको बस विद्यार्थी बोकेर आउँदै गर्दा फुस्रेखोला नजिकै सडकमा पल्टिदा २४ जना घाइते भएका छन् । घाइते २४ विद्यार्थीमध्ये दुई जनालाई गम्भीर चोट लागेको छ । घाइतेहरूको अहिले पोखरास्थित गण्डकी मेडिकल कलेज र नमस्ते अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले बताए । बस घुम्ती मोड्ने क्रममा सडकदेखि करिब ५० मिटर तल खसेको छ । बसका चालक भने अहिले फरार रहेको प्रहरीले…
पुरा पढौ
२०८४ मा एक्लै चुनाव लडेर जित्ने र भ्रष्टहरूलाई फेरि ठिक पार्ने माआेवादीकाे दावी
काठमाडौँ, १३ साउन। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताउनुभएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो। अध्यक्ष प्रचण्डले भन्नुभयो, "पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्वपूर्ण समयमा तपाईहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा…
पुरा पढौ
डिआइजी केसीको सरुवाले अहिलेकाे सत्तागठबन्धन बनेको पुष्टि : रास्वपा
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल प्रहरीका अब्बल डिआइजी मनोज केसीलाई सरुवा गरेर सरकारले यो सत्तागठबन्धन किन बनाइएको थियो भन्ने पुष्टि गरेको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद ढकालले यस्तो बताएका हुन्। रास्वपाले सुशासनको पक्षमा अघिल्लो सरकारले गरिरहेका काम र भ्रष्टाचारविरुद्ध भइरहेका अनुसन्धान रोक्नकै लागि कांग्रेस र एमालेले वर्तमान सत्तागठबन्धन बनाएको बताउँदै आएको थियो। ‘यो गठबन्धन कुन उद्देश्यले गठन भएको छ भनेर हामी भनेका थियौँ, त्यो पुष्टि भएको छ,’ सांसद ढकालले भने, ‘सरकारले…
पुरा पढौ