समाचार

कुल बजेटको बीस प्रतिशत शिक्षा क्षेत्रमा लगाउन आवश्यक: प्रचण्ड

गोरखा, ७ माघ पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बीस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताउनुभएको छ। सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले गोरखाको स्वर्ण जयन्ती उद्घाटन गर्दै उहाले यस्तो धारणा राख्नुभएको हो। आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको उल्लेख गर्दै उहाँले अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रष्ट पारिएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर… पुरा पढौ

विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता

काठमाडौं माघ ७काठमाडौं ,हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग आज फोनवार्ता गर्नुभएको छ । इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ । परराष्ट्रमन्त्री डा राणाले पहिलो चरणमा नै विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा अब्देल अतिमार्फत् इजिप्ट सरकारसँग आज सो आग्रह गर्नुभएको हो । आफ्नो स्वास्थ्य… पुरा पढौ

माआ‌ेवादी प्रवेश गर्नेलाई अध्यक्ष प्रचण्डले गरे स्वागत

गाेर्खा ,नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको गोरखा नगरपालिका वडा नम्बर ८ आमडाँडा गाउँमा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने मुस्लिम अगुवासहित विभिन्न व्यक्तिलाई पार्टीमा स्वागत गर्नुभएको छ। जिल्ला भ्रमणको सिलसिलामा गाेर्खा पुग्नुभएका अध्यक्ष दाहालले पार्टी प्रवेश गराउने कार्यक्रम अन्तर्गत विभिन्न पार्टी परित्याग गरेका ब्यक्तिहरू माआ‌ेवादी केन्द्रमा प्रवेश गराएका हुन् । पुरा पढौ

भक्तपुरको सल्लाघारी गीतकार सुशान्त केसी ग्राउन्डमा गुञ्जिने

काठमाडौं । चर्चित गायक तथा गीतकार सुशान्त केसी आउँदो मार्च ८ मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा गुञ्जिने पक्का भएको छ । सुशान्तले फागुन २४ गते शनिबार करिब साढे दुई वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेका हुन् । 'बार्दली', 'सारङ्गी', 'साथी' र 'आमा' जस्ता हिट गीतका लागि चर्चित सुशान्तले कन्सर्टमा पुराना हिट गीतहरूसँगै नयाँ सिर्जनाहरू पनि प्रस्तुत गर्नेछन् । उक्त कन्सर्टबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसी लामो समयपछि काठमाडौं उपत्यकामा हुन लागेको कन्सर्टलाई लिएर उत्साहित रहेको बताए । उनले भने,… पुरा पढौ

एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक कालोपत्रे हुन शुरू

बागलुङ ,माघ ७ ठेकेदारले काम गरेपनि भुक्तानी नपाएपछि अलपत्र परेको  सडक सरकारले बजेट विनियोजन गरेपछि पुन कामको धमाधम हुन थालेको छ। बागलुङको एक निर्वाचन क्षेत्र  एक रणनैतिक सडक आयोजना कालोपत्रे हुन थालेपछि स्थानीयमा खुशी छाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा आ‌ेलीले एकसाथ उद्घाटन गरेको एक निर्वाचन क्षेत्र एक सडक आयोजना बजेट अभावका कारण अलपत्र परेको सडक पुन बजेट सुनिश्चित भएपछि काम शुरू भएको छ । बागलुङ सदरमुकामकाे पुरानो अदालत चौपारीदेखि बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना जाेड्ने १०किमि सडक खण्ड धमाधम कालोपत्रे गर्न शुरू भएको छ । झण्डै २९ करोडको ठेक्का… पुरा पढौ

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘एक्टरः टेक वन’को ट्रेलर

काठमाडौं । सार्वजनिक भएको दुई दिनमा नेपाली चलचित्र  'एक्टरः टेक वन'को ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । यो समाचार तयार पार्दासम्म दर्शकको मन जित्दै यो ट्रेलर १५ लाख भ्युजसहित ट्रेन्डिङमा रहेको छ । गत शुक्रवार काठमाडौंमा एक समारोहको आयोजना गरी यही माघ १६ गते यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । रोमाञ्चक शैलीमा तयार पारिएको ट्रेलरले उल्लेख्य प्रशंसा प्राप्त गरेको छ । सार्वजनिक भएको छोटो समयमा नै ट्रेलरलाई लाखौँ दर्शकले युट्युबसहित अन्य विभिन्न इन्टरनेट प्लेटफर्महरूमा हेरिरहेका छन्… पुरा पढौ

तोरी फुलेर पहेँलपुर म्याग्दीको रत्नेचौरमा पर्यटकको आकर्षण बन्दै

म्याग्दी .माघ ४ म्याग्दीको रत्नेचौरमा यतिबेला ताेरी फुलेर पहेँलपुर भएको छ । कठ्याङ्ग्रिने माघको चिसो मौसममा बारीभरि फुलेको तोरीले त्यहाँ जाने जो कोहीको थकान भुलाइदिन्छ । चिसो छल्न र थकान मेटाउन अचेल आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ रत्नेचौरमा ।३ बर्ष देखि रत्नेचाैरमा लगाएको ताेरी सामाजिक संजाल मार्फत भाइरल भएपछि आन्तरिक पर्यटक पुगेर मनाेरन्जन लिइरहेका छन् । हुनत यतिबेला देशभरका खेतबारीमा किसानले लगाएको ताेरी पहेँलो फुलिरहेकाे भएपनि म्याग्दी जिल्लाकाे बेनी नगरपालिका वडा नम्बर १ रत्नेचाैर फुलेको पहेँलो ताेरीवारीएकपटक नपुग्ने आन्तरिक पर्यटक… पुरा पढौ

मोरङको ग्रामथानमा माओवादी केन्द्रको जनसभा

ग्रामथान (मोरङ), ५ माघ । मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा वृहत जनसभा सुरु भएको छ । नेकपा माओवादी केन्द्र ग्रामथान गाउँपालिका समितिको आयोजनामा धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभामा सुरु भएको हो । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । २०७९ को… पुरा पढौ

माआ‌ेवादी अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान

मोरङ, ५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान २ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ । उहाँले १०६ वर्षीय बखतबहादुर कार्की, १०६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीय गंगादेवी लुइँटे र ८० वर्षीय सिछाइ मुसहरलाई सम्मान गर्नुभएको हो । सो क्रममा अध्यक्ष प्रचण्डले ज्येष्ठ नागरिक जीवन्त इतिहास भएकाले उहाँहरुबाट समाजका हरेक क्षेत्रले प्रेरणा लिनुपर्ने बताउनुभयो । आजको पुस्ताले अग्रज पुस्ताबाट अनुभव र प्रेरणा लिने समाजलाई गति दिनुपर्ने उल्लेख गर्दै उहाले ज्येष्ठ… पुरा पढौ

गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला छिटो सम्पन्न गर्न सरकारले ध्यान देओस्ः प्रचण्ड

विराटनगर, ५ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिंदै यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । आज विहान रंगशालाको अनुगमन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व एवं शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन आफ्नो प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको जानकारी पनि दिनुभयो । पहिले यो… पुरा पढौ