समाचार

कविराज रोमीणि जन्मजयन्तीका तृतीय वार्षिक कार्यक्रम आइतबारदेखि सुरु

लेखनाथ । कविराज रोमीणि जन्मजयन्तीका तृतीय वार्षिक कार्यक्रम आइतबारदेखि सुरु भएको हो। कविराज रोमीणि लेखनाथ पौड्यालको १५८ औँ जन्मजयन्ती तृतीय वार्षिक रूपमा विभिन्न कार्यक्रमसहित सम्पन्न गर्ने लक्ष्य राखिएकोमा आइतबार लेखनाथ काव्य परिचर्चा, खुला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएका छन्। लेखनाथ लायन्स क्लबका अध्यक्ष लायन बोधराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले कार्यक्रममा स्वागत गर्दै लेखनाथका कविता सुनाए। प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्तले… पुरा पढौ

माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स टेनिसमा विभिन्न प्रतिस्पर्धा जारी

पुष १३, पोखरा — कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी २२औँ माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत आइतबार विभिन्न समूहमा प्रतिस्पर्धा सम्पन्न भएका छन्। आइतबार सम्पन्न मेन्स ओपनतर्फ नेहाल जंगबहादुर थापाले जेयुन किमलाई ६–०, ६–० ले पराजित गरे। त्यसैगरी, राजबीर प्रधानले सोमज श्रेष्ठलाई ६–०, ६–० ले, उगेन शेर्पाले प्रकाश गुरुङलाई ६–०, ६–३ ले, प्रितम परियारले सुरेन्द्र विकलाई ६–३, ६–४ ले, आयुषमान हजुर घलेले सन्दीप विकलाई ६–३, ६–१ ले, दर्शिल श्रेष्ठले आसव सम्राट हाडालाई ७–५,… पुरा पढौ

पोखरा सडक महोत्सवः सांगीतिक कार्यक्रमले थप आकर्षण

पोखरा, पुस १३ पोखरा सडक महोत्सव सुरु भएसँगै पोखराको लेकसाइड कोमागाने पार्कमा सांगीतिक उत्सव पनि सुरु भएको छ। रेवान पोखराको आयोजनामा सुरु भएको सडक महोत्सवसँगै कोमागाने पार्कमा ‘अल इन नेपाल’को संयोजनमा सांगीतिक उत्सव पनि सुरु भएको हो। जहाँ एकै नेपाली तीन दशकपछि गुञ्जिनेछ। न्यू इयर इभ विशेष कार्यक्रमको दिन पुस १६ गते बेलुका एकै नेपालीका रविन श्रेष्ठ र गौतम गुरुङले विशेष प्रस्तुति दिने अल इन नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए। सो दिन न्यू इयर इभ विशेषमा उज्ज्वल शाक्य, डिमर्चा,… पुरा पढौ

मिरमिरे’मा निर्देशक र मुख्य कलाकारबीचको त्रिकोणात्मक संयोग

किन दोहोरियो दयाहाङ–सिर्जनाको जोडी ? यम शेर्पा भन्छन्– ‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ–सिर्जना’ काठमाडौं । माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मिरमिरे’ मा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना निङलेखुको अनस्क्रिन जोडी फेरि दोहोरिने भएको छ। यसअघि यो जोडी चलचित्र ‘कार्साङ’ मा सँगै देखिएको थियो। संयोग के छ भने, दुवै चलचित्रका निर्देशक एउटै हुन्। ‘कार्साङ’ निर्देशन गरेका यम शेर्पाले नै ‘मिरमिरे’ पनि निर्देशन गरेका हुन्। यसरी निर्देशक यम शेर्पा र मुख्य कलाकार दयाहाङ–सिर्जनाबीचको त्रिकोणात्मक सहकार्य पुनः दोहोरिएको हो। आफ्नो दोस्रो चलचित्रमा… पुरा पढौ

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : नेपाली र देउराली पनि गुन्जिने

पोखरा, पुष १२ पोखरा सडक महोत्सवअन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा पोखराका चर्चित ब्यान्डहरू नेपाली र देउराली पनि गुन्जिने भएका छन्। गत वर्ष पोखरामा आयोजित ‘भ्याक ६० नाइन्टी’बाट छुट्टिएर बनेका दुई ब्यान्डहरू नेपाली र देउराली गुन्जिने भएका हुन्। रेवान पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको ‘हिट्स अफ नाइन्टीज’ अन्तर्गत पुष १६ गते बेलुकी न्यू इयर इभ विशेष कार्यक्रममा नेपाली र देउराली ब्यान्डले पनि प्रस्तुति राख्ने सांगीतिक कार्यक्रम संयोजन गरिएको छ भन्ने जानकारी संयोजक शेरबहादुर गुरुङले दिनुभयो। कार्यक्रममा… पुरा पढौ

यस वर्षको शेर विष्णु पत्रकारिता पुरस्कार स्मितालाई

पोखरा, १२ पुस । यस वर्षको शेर विष्णु पत्रकारिता पुरस्कार स्मिता अधिकारी तिवारीलाई प्रदान गरिने भएको छ । लेखनाथ पत्रकार मञ्च कास्कीले सञ्चालन गर्दै आएको यो पुरस्कार यसपटक अन्नपूर्ण पोस्टको अंग्रेजी संस्करण द अन्नपूर्ण एक्सप्रेसकी पोखरा संवाददाता स्मिता अधिकारी तिवारीलाई प्रदान गरिने भएको हो । हाल पोखरा ३१ मोहरियामा निवासी तिवारीले वि.सं. २०६३ मा हिमाली एफएमबाट पत्रकारिता सुरु गरेकी थिइन् । त्यसयता उनी पोखराका विभिन्न मिडियामा रही कार्य गरिसकेकी छन् । पुरस्कारको राशि पाँच हजार पाँच सय पचपन्न रहेको छ… पुरा पढौ

यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार कविराज खनाललाई

पोखरा, १२ पुस । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष आदर्श समाज राष्ट्रिय दैनिकका संवाददाता तथा सार्वजनिक प्रसारण सेवा रेडियो नेपालका संवाददाता कविराज खनाललाई सम्मान गरिने भएको छ । लेखनाथ क्षेत्रमा रही कम्तीमा १० वर्ष समाचार संप्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पुर्‍याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एक जनालाई ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मान गर्दै आइएकोमा यस वर्ष खनाललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, सचिव रामशरण… पुरा पढौ

सिम्रन परियारले उचालिन् राप्ती म्युजिक अवार्ड

वि.सं. २०६३ सालमा स्थापित राप्ती म्युजिक समाज, काठमाडौँले स्थापना कालदेखि नै नेपाली गीत–संगीत तथा स्रष्टा र कलाकारहरूको सम्मान र प्रोत्साहन गर्दै आएको छ। सोही क्रममा समाजद्वारा आयोजना गरिएको राष्ट्रिय राप्ती म्युजिक अवार्डको नवौँ संस्करण शुक्रबार नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, काठमाडौँमा सम्पन्न भएको छ। राप्ती म्युजिक समाज, काठमाडौँको आयोजनामा सम्पन्न अवार्ड कार्यक्रममा करिब ४० विधामा गायक, गायिका तथा अन्य स्रष्टा–कलाकारहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। कार्यक्रममा बागलुङकी सिम्रन परियारले म्युजिक अवार्ड उचाल्न सफल भएकी छन्। उनले “नजर लाग्लानी–२” बोलको गीतबाट… पुरा पढौ

न्यू इयर ईभमा विश्वप्रसिद्ध डान्स हेर्न पाइने

पोखरा, पुस १२पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा विश्वप्रसिद्ध डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाइने भएको छ । रेवाङ पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमै हुने पोखरा सडक महोत्सवको न्यू इयर ईभ विशेष कार्यक्रमअन्तर्गत आस्माले प्रस्तुति दिने भएकी हुन् । आस्माले प्रस्तुति राख्नेबारेमा सम्झौता भइसकेको सांगीतिक उत्सवको संयोजन गरिरहेका अल ट्रेक नेपालका संयोजक शेरबहादुर गुरुङले जानकारी दिए । आस्माले अहिलेको भाइरल हिन्दी गीतहरू ‘छिकछिक’, ‘छिकछिक’ लगायतका गीतहरूमा डान्स प्रस्तुत गर्नेछिन् । पुस १६ गते बेलुकाको न्यू इयर ईभ… पुरा पढौ

महिला उद्यमशीलता विकास सहकारीको २५औँ साधारणसभा सम्पन्न ,महिला उद्यमी इन्द्रकुमारी श्रेष्ठ सम्मानित

बागलुङ, पुस १२“सीप सिक्नु हामी महिलाको सान, सिकाउनु सहकारीको अभियान” भन्ने नारासहित महिला उद्यमशीलता विकास सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा बागलुङस्थित राधाकृष्ण सभाहलमा सम्पन्न भएको छ। साधारणसभाको अवसरमा लामो समयदेखि उद्यम सञ्चालन गर्दै आएकी बागलुङकी महिला उद्यमी इन्द्रकुमारी श्रेष्ठलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा सहकारीका संरक्षक प्रेम छोटा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, पत्रकार कोपिला कडेल, सहकारीका सल्लाहकार विना कार्की र कृष्णशंकर श्रेष्ठ, संस्थापक अध्यक्ष इन्द्रकुमारी श्रेष्ठ, निवर्तमान अध्यक्ष ज्योति श्रेष्ठलगायत वक्ताहरूले सहकारीले… पुरा पढौ