
चितवन, साउन ३
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६–२०२७ का लागि एड्भाइजरी काउन्सिल बैठक सम्पन्न गरेको छ। ‘Leading With Purpose’ भन्ने मूल नारासहित आयोजित बैठक आइतबार पर्यटकीय नगरी चितवनमा सम्पन्न भएको छ ।

बैठकमा डिष्ट्रिक्टका पूर्व तथा वर्तमान नेतृत्व, प्रमुख पदाधिकारी, क्लब अध्यक्ष तथा विभिन्न समितिका संयोजकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आगामी लायन वर्षका सेवा गतिविधि, सदस्यता विस्तार, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका गभर्नर रमेश अधिकारीले बताए ।

बैठकले लायन्स इन्टरनेशनलको “We Serve” अभियानलाई थप प्रभावकारी रूपमा समुदायस्तरसम्म पुर्याउने, सदस्यता वृद्धि गर्ने, युवा नेतृत्व विकासमा जोड दिने तथा वातावरण संरक्षण, भोकमरी न्यूनीकरण, दृष्टि संरक्षण, बाल क्यान्सर, मधुमेह नियन्त्रण लगायतका विश्वव्यापी सेवामूलक क्षेत्रमा सक्रियता बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

लायन्सका नेताहरूले सेवा, नेतृत्व र सहकार्यको भावनालाई अझ सुदृढ बनाउँदै समाजका आवश्यकता पहिचान गरी परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले लायन्सको अभियानलाई गाउँदेखि शहरसम्म विस्तार गर्दै मानवीय सेवाको दायरा फराकिलो बनाउने लक्ष्यसमेत प्रस्तुत गरेका छन्।

बैठकमा लायन्सका विभिन्न क्लबहरूले आगामी वर्ष सञ्चालन गर्ने सामाजिक, शैक्षिक, स्वास्थ्य तथा वातावरणीय कार्यक्रमबारे समेत समीक्षा गरिएको थियो। सहभागीहरूले सेवा नै लायन्सको पहिचान भएको उल्लेख गर्दै समुदायको अपेक्षा अनुरूप अझ प्रभावकारी र दिगो कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए।

लायन्स इन्टरनेशनल विश्वकै सबैभन्दा ठूलो सेवामूलक संस्थामध्ये एक हो। नेपालमा पनि यस संस्थाले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, रक्तदान, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।

कार्यक्रममा लायन्स इन्टरनेशनल पुर्व डाइरेक्टर बालकृष्ण बुर्लाकाेटी लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका गभर्नर रमेश अधिकारी लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका पुर्व गभर्नर सुचित्रा थापा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका फस्ट भाइस गभर्नर बिष्णुहरि फुयाल
सेकेन्ड भाइस गभर्नर हसन कुमार गाेपाली लगायतका बक्ताहरूले धारणा राख्नुभएको थियो ।एडभाइजरी कमिटीका अध्यक्ष चिफ एडभाइजर मीनराज काफ्लेको
अध्यक्षतामा भएको कार्यक्रम सुरेन्द्र बाबु श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।












