
बागलुङ, साउन २
अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के अन्तर्गत बागलुङमा जोनस्तरीय बैठक सम्पन्न भएको छ।
जिल्लाका विभिन्न लायन्स क्लबहरूको सहभागितामा आयोजित ‘डिस्ट्रिक्ट गभर्नरस् फर्स्ट एड्भाइजरी कमिटी मिटिङ’ मा सेवा, नेतृत्व विकास तथा क्लबहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको हो।
बैठकमा लायन्स क्लब अफ बागलुङ कालिगण्डकी, लायन्स क्लब अफ बागलुङ सिटिजन्स, लायन्स क्लब अफ बागलुङ युनियन तथा लायन्स क्लब अफ बागलुङ प्रोफेसनलका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा लायन्स लिडर काजीमान गुरूङ,दुर्गा कुवँर अनुप रिजाल ,केशव सापकोटा रिजन चेयरपर्सन रञ्जिता श्रेष्ठ तथा जोन चेयरपर्सन लक्ष्मण कार्कीले लायन्सको मूल मन्त्र ‘हामी सेवा गर्छौं’ लाई व्यवहारमा उतार्दै समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले सामाजिक उत्तरदायित्व, मानवीय सेवा, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा विपद् व्यवस्थापनका क्षेत्रमा लायन्स क्लबहरूले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए।
बैठकमा चालु लायन्स वर्ष २०२६/२०२७ का कार्यक्रम, सदस्यता विस्तार, नेतृत्व विकास, सेवा परियोजना सञ्चालन तथा क्लबहरूको कार्यसम्पादनका विषयमा समीक्षा गरिएको थियो।कार्यक्रममा लायन्स क्लबका अध्यक्षहरू चुडामणिा सापकोटा ।सन्जय श्रेष्ठ ।पिविया किसानले स्थानीय समुदायका आवश्यकता पहिचान गरी प्रभावकारी सेवा अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
लायन्स क्लब अफ बागलुङ सिटिजन्सको आतिथ्यमा सम्पन्न बैठकले आगामी दिनमा क्लबहरूबीच सहकार्य, अनुभव आदानप्रदान र सामाजिक सेवाका गतिविधिलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।














