लायन्स क्लबद्वारा निशुल्क आँखा शिविर सम्पन्न, करिब १०० जनाको मोतिबिन्दु शल्यक्रिया गरिने

-


     राजेशचन्द्र राजभण्डारी     
     श्रावण २ गते २०८३ मा प्रकाशित


काठमाडौं साउन २

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के अन्तर्गत काठमाडौंस्थित विभिन्न लायन्स क्लबहरूको आयोजनामा तथा मातृका आई सेन्टर, काठमाडौंको प्राविधिक सहयोगमा ललितपुर महानगरपालिका–६, सिँचाहिटीस्थित पिनाकल एकेडेमी स्कुलमा शनिबार एकदिने निशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।

शिविरमा विशेषगरी श्रवण तथा वाक् अपाङ्गता भएका महिला, पुरुष तथा बालबालिकासहित १६१ भन्दा बढी सेवाग्राहीको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा करिब १०० जनामा मोतिबिन्दुको समस्या पहिचान भएकाले उनीहरूको निशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ।

शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, लायन्सका पदाधिकारी तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

दृष्टिसम्बन्धी समस्या भएका समुदायलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविर प्रभावकारी र उपलब्धिमूलक रहेको आयोजकले जनाएको छ।