
काठमाडौं । लोक तथा आधुनिक गीतमार्फत श्रोतामाझ परिचित गायिका कमला गैरे पहिलो पटक भजन गायनमार्फत दर्शक–श्रोतामाझ प्रस्तुत भएकी छन्।
राम्जी पौडेल र कमला गैरेको शब्द तथा लय रहेको उक्त भजनमा तारानाथ आचार्यको संगीत संयोजन रहेको छ। भजनको अडियो तथा भिडियो निर्माण डिजिटल स्टार पोखराले गरेको हो।
भजन सार्वजनिक गर्दै गायिका गैरेले यो आफ्नो पहिलो भजन गायन प्रयास भएकाले दर्शक तथा श्रोताबाट सल्लाह, सुझाव र सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेको बताएकी छन्। उनले भजन मन परेमा लाइक, कमेन्ट र सेयर गरेर हौसला प्रदान गरिदिनसमेत अनुरोध गरेकी छन्।
भजन निर्माण तथा सार्वजनिक गर्ने क्रममा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति उनले हार्दिक आभार व्यक्त गरेकी छन्।
https://m.youtube.com/watch?v=qbamld93xtY&pp=iggCQAE%3D









