समाचार

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व – चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न दुर्गम स्थानहरूको भ्रमणपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार सम्मेलन गर्दै भदौ २३ र २४ गते भएका घटनाबारे धारणा व्यक्त गर्नुभयो। उहाँले जेन्जी युवामाथि भएको हत्या, देश जलाउने प्रवृत्ति र राष्ट्रवादका पक्षमा देश बचाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको बताउनुभयो। प्रचण्डले विशेषगरी २३ गते साँझ भएको नरसंहार र २४ गतेको आगजनी तथा विध्वंसका घटनालाई गम्भीर रूपमा लिन आग्रह गर्नुभयो। “२३ गते साँझ नपुग्दै भएको नरसंहारको हामीले तत्काल विरोध गरेका थियौं। त्यसअघि पनि सरकारको… पुरा पढौ

निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गर्न महासंघको आग्रह

काठमाडौं, २०८२ फागुन ५ – नेपाल पत्रकार महासंघले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पत्रकारिताको सिद्धान्त र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारमाध्यम तथा पत्रकारलाई आग्रह गरेको छ। महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा निर्वाचनका बेला मिथ्या सूचना र भ्रामक प्रचारमार्फत मतदातालाई प्रभावित पार्ने सम्भावना रहने भएकाले पत्रकारहरूले जिम्मेवार र नैतिक पत्रकारिता गर्नुपर्ने उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दै स्वस्थ, स्वतन्त्र, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने वातावरण निर्माणमा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका अत्यन्त… पुरा पढौ

सिस्नेमा प्रचण्डको विहानीवाकिङ, माल्यार्पण र स्थानीय घरमा खाजा

रुकुम पूर्व, ५ फागुननेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिस्ने गाउँपालिकाको नेटामा रहेको सहिद स्मृति पार्कमा पुगेर सहिदका प्रतिमामा माल्यार्पण गर्नुभयो। उहाँले त्यहाँ उपस्थित सहिद परिवारलाई सम्मान समेत गर्नुभयो। मतदाता भेटघाटका क्रममा प्रचण्ड मंगलबार बिहान वाकिङ गर्दै नेटामा रहेको सहिद पार्क पुगेका हुन्। त्यसपछि उहाँले स्थानीय टोपबहादुर खत्रीको घरमा मकैको रोटी र दूध ग्रहण गर्नुभयो। वाकिङकै क्रममा संयोजक प्रचण्डले प्वाङ स्वास्थ्य चौकीको निरीक्षण पनि गर्नुभयो। आजै नायगाडमा आयोजना हुने चुनावी सभालाई उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रचण्डको… पुरा पढौ

रुकुमबाट विकास र समृद्धिको विगुल : प्रचण्ड

रुकुम, फागुन ४ । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमबाट अब विकास र समृद्धिको अभियान सुरु गर्ने घोषणा गर्नुभएको छ। पुथा उत्तरगंगा गाउँपालिका–१२ कोलमा आयोजित चुनावी सभामा उहाँले दलित र मगर समुदायको विकासका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो। साथै, दलित समुदायको हितका लागि शक्तिशाली प्राधिकरण निर्माण गर्ने घोषणा गर्नुभयो। प्रचण्डले रुकुमलाई सडक सञ्जालसँग जोड्ने योजनामा जोड दिँदै तकसेरा–सानीभेरी–उत्तरगंगा–ढोरपाटन–बेनी सडक खण्डको स्तरउन्नति गर्ने बताउनुभयो। जनयुद्धबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानले सबैलाई अधिकार दिएको स्मरण गर्दै उहाँले… पुरा पढौ

रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा : जनयुद्धको स्मरणदेखि विकासको प्रतिबद्धतासम्म

रुकुमपूर्व, ४ फागुन हिमाली हावा चलिरहेको पातीहाल्ना सीमामा जब नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगे, त्यहाँ हिउँको सेतो थुप्रोले उहाँलाई स्वागत गर्‍यो। २९ फागुनमा रुकुमपूर्व प्रवेश गरेका प्रचण्डले हिउँमा रमाउँदै खिचिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा चर्चित बने। यो केवल रमाइलो भ्रमण थिएन, प्रधानमन्त्री हुँदा अघि सारेको मध्यपहाडी लोकमार्ग हुँदै क्रान्ति र शान्तिको आधार क्षेत्रमा नयाँ सपना बोकेर फर्किएको भावुक क्षण थियो। सात दिनको मतदाता भेटघाट कार्यक्रमअन्तर्गत प्रचण्डका चार दिन (८४ घण्टा) औपचारिकभन्दा बढी अनौपचारिक… पुरा पढौ

गौरीधाम शिव मन्दिरमा सेना र रेडक्रसको आपतकालीन स्वास्थ्य डेस्क

बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा महाशिवरात्रि पर्वको अवसरमा दर्शनका लागि आउने भक्तजनलाई लक्षित गरी आपतकालीन स्वास्थ्य डेस्क सञ्चालन गरिएको छ। नेपाली सेनाको २३ नम्बर वाहिनी बागलुङ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङले संयुक्त रूपमा मन्दिर परिसरमा स्वास्थ्य डेस्क स्थापना गरेका हुन्। भक्तजनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी गरिएको व्यवस्थामा आवश्यक औषधि बागलुङ उद्योग वाणिज्य संघले उपलब्ध गराएको थियो। स्वास्थ्यकर्मी तथा स्वयंसेवकसहितको स्वास्थ्य डेस्क स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका सभापति जगन्नाथ आचार्यले बताउनुभयो। रेडक्रसले महाशिवरात्रि तथा श्रावण… पुरा पढौ

नेपालमा समाजवाद समुदायमा आधारित हुनेछ : संयोजक प्रचण्ड

रुकुम, ३ फागुन नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा समुदायमा आधारित मौलिक समाजवाद निर्माण हुने बताएका छन्। चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रमका क्रममा आज पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित सभामा उहाँले चीन र भियतनामको मोडल अध्ययन गरेर शिक्षा लिन सकिने भए पनि नेपालको समाजवाद नेपाली समुदायमै आधारित हुने स्पष्ट पार्नुभयो। प्रचण्डले रुकुम पूर्वलाई समाजवादको उर्वर भूमि भएको उल्लेख गर्दै भन्नुभयो, “नेपालको समुदायमा आधारित समाजवाद निर्माणको आधार यही क्षेत्र बन्नेछ।” युवापुस्ताको चाहना र नेतृत्व उहाँले पछिल्लो समय जेन्जी पुस्ताबाट देशको… पुरा पढौ

बागलुङ गलकाेटमा करेन्ट लागेर किशोरको मृत्यु

बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ गैदी पुलस्थित गैदी खोलामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मिति २०८२ फागुन ३ गते दिउँसो करिब १४ः४५ बजे गैदी खोलाबाट विद्युत् मोटरमार्फत बागेश्वरी मल्टी प्रपोज कम्पनीको ध १ त ७७ नम्बरको ट्याङ्करमा पानी भरिरहेका बेला सोही कम्पनीमा कार्यरत धादिङ जिल्ला, गल्छी गाउँपालिका–२ क्युरेनीटार निवासी १७ वर्षीय राम राई करेन्ट लागेर घाइते भएका थिए। गम्भीर घाइते राईलाई तत्काल उपचारका लागि गलकोट नगरपालिका–६ नौबिसेटोलस्थित उजिर कार्की स्वास्थ्य क्लिनिकमा लगिएको थियो।… पुरा पढौ

रुकुमको विकासका लागि उम्मेदवार बनेर आएको छु : प्रचण्ड

रुकुम पूर्व । फागुन ३ नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट गर्नुभयो। जनतासँगको भेटमा उहाँले विगतको जनयुद्धका संघर्षलाई स्मरण गर्दै यसपटक विकास र समृद्धिको एजेन्डा लिएर जनतामाझ आएको बताउनुभयो। उहाँले भन्नुभयो, “परिवर्तनका लागि बन्दुक बोकेर आएको ठाउँमा यसपटक विकासका लागि उम्मेदवार बनेर आएको छु। तपाईँहरूले मत दिएर विजयी गराउनुहोला।” प्रचण्डले स्वाधीन र समृद्ध नेपाल निर्माणलाई पार्टीको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि जनताको साथ र समर्थन अपरिहार्य हुने धारणा व्यक्त गर्नुभयो। उहाँले थप… पुरा पढौ

खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने

रुकुम पूर्व, २ फागुन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ पुथा उत्तरगंगा गाउँपालिकाको पर्यटकीय स्थल तकसेरा पुगेका छन्। प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार रहेका प्रचण्ड मतदाता भेटघाटका क्रममा तकसेरा आइपुगेका हुन्। तकसेरामा प्रचण्डलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए। महिला दिदीबहिनीहरू आफ्ना बालबच्चा बोकेर नाचगानमा सहभागी भएका थिए। स्वागतपछि संक्षिप्त सम्बोधन गर्दै संयोजक प्रचण्डले रुकुम पूर्वका जनताबाट नयाँ ऊर्जा प्राप्त भएको उल्लेख गरे। उहाँले रुकुमबाट समाजवादी मोडेलको सुरुआत हुने बताउँदै, यही स्थानबाट क्रान्ति र शान्ति यात्राको निर्णय… पुरा पढौ