मालढुंगा पुलमा क्षति, बागलुङ–पर्वत आवतजावत बन्द

-


     हिडन खबर    
     असाेज ११ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज ११ । निरन्तर वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ र पर्वत जोड्ने मालढुंगा पुलमा क्षति पुगेको छ।

बाढीले पर्वततर्फको पुल जोडिएको भागमा कटान गरेपछि पुल जोखिममा परेको छ। कटानका कारण पुलको पिल्लर नजिकैबाट नदी बग्न थालेको स्थानीयले बताएका छन्।

पुलमा क्षति पुगेपछि बागलुङ–पर्वत आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ। यससँगै मध्यपहाडी क्षेत्रको यातायात सम्पर्कसमेत प्रभावित बनेको छ।

सम्बन्धित निकायले पुलको अवस्थाबारे निरीक्षण गरिरहेको र थप जोखिम मूल्याङ्कनपछि आवश्यक निर्णय गरिने जनाएको छ।