
काठमाडौं, असोज १२ । “Leading with Purpose” भन्ने नारासहित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरूको पदस्थापन कार्यक्रम वर्षाका बाबजुद निरन्तर सञ्चालन भइरहेका छन्।

यसै क्रममा असोज ११ गते काठमाडौंको बसुन्धरास्थित गोधुली फुडल्यान्डमा लायन वर्ष २०२६–२७ का लागि बागमती एरियाको इन्डक्सन तथा संयुक्त पदस्थापन (Induction & Joint Installation Ceremony) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर तथा इन्स्टलेसन चिफ अफिसर लायन रमेश अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर लायन हसन गोपाली, पूर्व डिस्ट्रिक्ट गभर्नर तथा क्याबिनेट सचिव लायन गणेश जीसी, क्याबिनेट ट्रेजरर लायन चुडामणि सिलवाल, डिस्ट्रिक्ट चिफ एडभाइजर लायन मीनराज काफ्ले, पीआरओ इन चिफ लायन सुरेन्द्रबाबु श्रेष्ठ लगायत डिस्ट्रिक्टका वरिष्ठ लायन नेतृत्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गराएकोमा क्लस्टर चिफ लायन अमरराज सुवाल, रिजन चेयरपर्सन लायन धु्रवप्रसाद घिमिरे तथा जोन चेयरपर्सन लायन अनुप मास्केलाई बधाई ज्ञापन गरिएको छ।
कार्यक्रममा पदस्थापन भएका विभिन्न क्लबका अध्यक्ष, पदाधिकारी, भीएसटी सदस्य, लायन तथा लियो सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै चिफ एक्जिक्युटिभ डाइरेक्टर तथा इन्स्टलेसन कोअर्डिनेटर लायन राजुबाबु श्रेष्ठले आगामी वर्ष सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।

लायन्स इन्टरनेशनलले “We Serve” को मूल मन्त्रअनुसार शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् राहत तथा सामाजिक सेवाका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।
















