
काठमाडौं असाेज १२
राजधानीको व्यस्त क्षेत्र कलंकीस्थित हनुमान मार्केटमा आइतबारदेखि सुरु भएको आँखा परिक्षण कार्यक्रम एक सातासम्म सञ्चालन भएर सम्पन्न भएको छ ।

परिक्षण कार्यक्रममा सहभागी सर्वसाधारणलाई निःशुल्क आँखा परीक्षण, आवश्यक परामर्श तथा आँखासम्बन्धी समस्याबारे विशेषज्ञ सुझाव प्रदान गरिएकाे थियो ।

संचालीका सचिव पुष्पाञ्जली वाग्लेका अनुसार समुदायमा आँखाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने तथा प्रारम्भिक अवस्थामै आँखासम्बन्धी समस्याको पहिचान गर्न सहयोग पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।

पूर्ण दृष्टि तथा आँखा उपचार केन्द्रले आधुनिक प्रविधि मेसिनको सहयोगमा क्लिनिक सञ्चालन भइरहेको दैनिक बिहान ७ बजेदेखि सेवा उपलब्ध गराइकाे जनाइएको छ।

आँखासम्बन्धी समस्या भएका तथा परीक्षण गराउन चाहने सर्वसाधारणलाई सहभागी केही समय निःशुल्क सेवा लिन दिने योजना रहेको वाग्लेले बताए ।
लायन्स क्लब मनास्लु हिमालयले एकसाता सम्म यहीँ कलंकीमा रहेको क्लिनिक मार्फत निशुल्क आँखा जाँच कार्यक्रम आयोजना गरेर सेवा दिने काम गरेको थियो ।












