
काठमाडौं, असोज १० । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियाभित्रका विभिन्न लायन्स क्लबहरूको पदस्थापन कार्यक्रम धमाधम सञ्चालन भइरहेका छन्।
“Leading with Purpose” भन्ने नारासहित स्काई रेष्टुरेन्ट एन्ड बैंक्वेट, सामाखुसीमा शुक्रबार लायन वर्ष २०२६/२७ को Induction and Joint Installation Ceremony सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा District Governor (Installation Chief Officer) रमेश अधिकारीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनकी धर्मपत्नी पूजा अधिकारी, द्वितीय उप–जिल्ला गभर्नर (2nd VDG) हसन गोपाली, पूर्व जिल्ला गभर्नर (PDG) राजेन्द्रकुमार बाटाजु, क्याबिनेट सेक्रेटरी गणेश जीसी, क्याबिनेट ट्रेजरर चुडामणि सिलवाल, डिस्ट्रिक्ट चिफ एड्भाइजर मीनराज काफ्ले, पीआरओ इन चिफ सुरेन्द्रबाबु श्रेष्ठलगायत वरिष्ठ लायन नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बागमती एरियाका क्लस्टर चिफ नारायणबहादुर भण्डारी, रिजन चेयरपर्सन मनीषा दाहाल र पूजा चौधरी तथा जोन चेयरपर्सनहरू नारायण बुढाथोकी, सुशील श्रेष्ठ, भीमप्रसाद पोखरेल र सुसन श्रेष्ठको नेतृत्वमा विभिन्न क्लबका पदाधिकारीहरूको पदस्थापन गरिएको थियो।
इन्स्टलेसन कोअर्डिनेटर तथा चिफ एक्जिक्युटिभ डाइरेक्टर राजुबाबु श्रेष्ठले नवनियुक्त क्लब अध्यक्ष, भीएसटी सदस्य तथा सम्पूर्ण लायन सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
रसुवा लगायतका ठाउँमा भदौ १० गते बाढी पहिरो गइ ठूलो धनजनको क्षति पुगि देश शाेकमा डुवेकाे लायन्स क्लबहरू राहत उद्वारमा लाग्नु परेको कारण लायन्स क्लबहरूकाे पदस्थापन कार्यक्रम निर्धारित समयमा हुन सकेको थिएन ।










