जैमिनी–१ पोखरी गाउँमा बाढीले ६ हल खेत पुरियो

-


     सुजन आचार्य     
     असाेज ११ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज ११ । जैमिनी नगरपालिका–१, कुश्मिसेराको पोखरी गाउँमा गएराति आएको बाढीले स्थानीय किसानहरूको खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्‍याएको छ।

स्थानीय स्रोतका अनुसार बाढीका कारण जीवन आचार्य, विद्याधर आचार्य र सुजन आचार्यलगायत किसानहरूको करिब ६ हल खेत पुरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। लगातारको वर्षासँगै आएको बाढीले खेतमा लगाइएको बाली तथा खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको बताइएको छ।

खेत पुरिएपछि प्रभावित किसानहरू चिन्तित बनेका छन्। घटनाबाट भएको क्षतिको यथार्थ विवरण भने स्थलगत निरीक्षण तथा सम्बन्धित निकायको मूल्याङ्कनपछि मात्रै स्पष्ट हुने जनाइएको छ।

निरन्तर वर्षा भइरहेकाले जैमिनी क्षेत्रका खोला–नाला तथा आसपासका खेतीयोग्य जमिनमा थप क्षति पुग्न सक्ने सम्भावना रहेको भन्दै स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।