समाचार

जलजला गाउँपालिकाको ५९ करोड ५४ लाख रुपैयाँको बजेट सार्वजनिक

पर्वत, असार १०पर्वत जिल्लाको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५९ करोड ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउँपालिका केन्द्र लामाखेतस्थित सभाहलमा सम्पन्न १९औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष दीपक आचार्यले प्रस्तुत गरेको बजेट छलफलसहित पारित गरिएको हो। त्यस्तै, अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पनि सर्वसम्मत रूपमा पारित भएको छ। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यका अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन गरिएको कुल बजेटमध्ये ३६ करोड ५६ लाख २२ हजार रुपैयाँ चालु खर्चका… पुरा पढौ

४० देशमा एकसाथ रिलिज हुँदै नेपाली चलचित्र ‘कोशेढुंगा’

काठमाडौं, असार १०निर्देशक सरोज पौडेलको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘कोशेढुंगा’ आगामी भदौ १२ गते (अगस्ट १८) नेपालसहित ४० भन्दा बढी देशमा एकसाथ रिलिज हुने भएको छ। सर्वकालीन ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ पछि पौडेलको यो नयाँ प्रस्तुति सेभेन सिज इन्टरनेसनलमार्फत अमेरिका, अष्ट्रेलिया, जापान, बेलायत, क्यानाडालगायत देशहरूमा प्रदर्शन हुँदैछ। निर्माण कम्पनीका अनुसार अन्य केही देशमा पनि वितरणका लागि छलफल भइरहेको छ। सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालका अनुसार यो चलचित्र डायस्पोरा नेपाली सिनेमाको इतिहासमै पहिलो पटक यति धेरै देशमा एकसाथ प्रदर्शन… पुरा पढौ

श्रमिकको जीवनमा परिवर्तन नआएसम्म अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड

ललितपुर, असार १०नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवनमा परिवर्तन नआएसम्म पार्टीको अभियान नरोकिने स्पष्ट गर्नुभएको छ। ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’मा अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा कार्यान्वयन गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो। उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने अभियान थालिएको स्मरण गर्दै, त्यसले श्रमिकको जीवन मर्यादित बनाउने दिशामा टेवा पुर्‍याएको उल्लेख गर्नुभयो।… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा ३ जना घाइते

बागलुङ, असार १०मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया, बौराचौतारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। नरेठाँटीबाट हटियातर्फ आउँदै गरेको ध १ प ४१६९ नम्बरको मोटरसाइकल र हटियाबाट नरेठाँटी जाँदै गरेको ध १ प ७२४० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा गलकोट–३ का ४७ वर्षीय सम्मर नेपाली, २३ वर्षीय गणेश नेपाली र २० वर्षीय पवन विक घाइते भएको प्रहरी चौकी हटियाले जानकारी दिएको छ। घाइते तीनै जनाको प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको… पुरा पढौ

जैमिनी नगरपालिकाको ७५ करोड ४० लाखको बजेट सार्वजनिक

बागलुङ, असार ९ जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु. ७५ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख हरिहर शर्माले सोमबार नगरसभा बैठकमा बजेट प्रस्तुत गर्दै आयोजना तथा कार्यक्रमतर्फ रु. ४६ करोड २५ लाख ३० हजार विनियोजन गरिएको जानकारी दिए। मुख्य बजेट बिवरणः 🔹 संघीय सरकारबाट प्राप्त शर्तसहितको अनुदान – रु. ४३ करोड ४१ लाख🔹 समपुरक कोष – रु. १७ करोड ४३ लाख🔹 संस्थागत साझेदारी (सरकारी/गैरसरकारी) – रु. ७० लाख🔹 नगर संरचना तथा जग्गा व्यवस्थापन –… पुरा पढौ

महिलालाई स्वरोजगारमा जोड्न निःशुल्क ब्यूटिसियन तालिम सम्पन्न

काठमाडौं, असार ९ महिला दिदीबहिनीहरूलाई सीप प्रदान गरी स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालय र प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परिषद् (CTEVT), हेटौंडा मकवानपुरको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क असिस्टेन्ट ब्यूटिसियन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। चैत २६ गतेदेखि सुरु गरिएको उक्त तालिम ६५ दिनसम्म सञ्चालन भएको थियो। ३९० घण्टाको व्यावसायिक सीपमूलक तालिममा २० जना महिला दिदीबहिनीहरूको सहभागिता रहेको थियो। तालिममा सहभागी प्रशिक्षार्थीहरूले सौन्दर्य सेवा क्षेत्रसँग सम्बन्धित आवश्यक ज्ञान, सीप, व्यवहारिक अभ्यास र ग्राहकसँगको व्यवहार… पुरा पढौ

इजरायल–इरान तनाव : नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको विशेष ध्यान

काठमाडौं, असार ९परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका नेपाली नागरिकको सुरक्षा तथा आवश्यकताको आधारमा स्वदेश फिर्तीका लागि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८२/८३ अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री डा. राणाले हाल इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र त्यसका सम्भावित असरलाई गम्भीरताका साथ मूल्याङ्कन गर्दै मन्त्रालयले नेपालीको सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो। "द्वन्द्व सुरु भएको दिनदेखि नै मन्त्रालयले विकसित अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको छ," उहाँले भन्नुभयो, "इरानमा रहेका… पुरा पढौ

शिक्षकका मागमा सरकार बहानाबाजी नगरोस् भनेर सदनको अवरोध हटाएका हौं : अध्यक्ष प्रचण्ड

📍 काठमाडौं, असार ९✍ हिड्न संवाददाता नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उहाँको खुमलटारस्थित निवासमा भेटवार्ता गरेका छन्। भेटमा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका विगतका सहमति कार्यान्वयनमा चासो नदेखाएको गुनासो गर्दै ती सहमतिहरू तुरुन्त लागू गराउन प्रतिपक्षी दलबाट बलियो साथको अपेक्षा राखेका थिए। शिक्षकहरूको गुनासो सुनेपछि अध्यक्ष प्रचण्डले शिक्षक पेशालाई सम्मानित र राष्ट्र निर्माणसँग जोडिएको महत्वपूर्ण पेसाका रूपमा प्रस्तुत गर्दै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त… पुरा पढौ

एक महिनाको पैदल यात्रा पश्चात काठमाडौं आइपुगे नवराज बोहोराः वातावरण संरक्षण र सुशासनकाे पक्षमा खबरदारी

काठमाडौं, असार ९नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सुर्खेतबाट काठमाडौंसम्म एक महिनासम्मको लामो पैदल यात्रा गरी आइपुगेका नवराज बोहोराले वातावरण संरक्षण, कर्णाली क्षेत्रको समग्र विकास, अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा आफू लागिपरेको जानकारी दिनुभएको छ। बोहोराले पैदल यात्रामार्फत कर्णाली प्रदेशमा बढ्दो वातावरणीय समस्या, विकासको असमानता, सरकारी निकायमा देखिएको अकर्मण्यता र भ्रष्टाचारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै जनचेतना फैलाउने उद्देश्य राख्नुभएको बताइएको छ। सो अवसरमा अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको नीतिसँग मेल खाने बताउनुभयो।… पुरा पढौ

जैमिनी नगरपालिकाको हरित विद्यालयदेखि कृषि एम्बुलेन्ससम्मको विकास योजना

बागलुङ, असार ८जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ देखि हरित विद्यालय कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरपालिकाको १७औँ नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख नरबहादुर पुनले “एक वडा, एक आवासीय माध्यमिक विद्यालय” र “एक विद्यालय, एक करेसाबारी” अभियानसहित हरित विद्यालय कार्यक्रम सुरु गरिने जानकारी दिए। उनका अनुसार यस कार्यक्रमबाट विद्यार्थीलाई उपयुक्त सिकाइ वातावरण र पोषिलो अर्गानिक खाजा उपलब्ध गराइनेछ। साथै, “पढ्दै कमाउँदै” कार्यक्रममार्फत उद्यमशीलता र उत्पादनसँग विद्यार्थीलाई जोड्ने र शिक्षकलाई प्रविधिसँग जोड्ने योजना सार्वजनिक गरिएको छ। स्थानीय… पुरा पढौ