रास्वपाले समानुपातिक सुचिमा रहेका सांसदकाे नाम निर्वाचनमा आयोगमा पठायो

-


     हिडन खबर    
     चैत्र १ गते २०८२ मा प्रकाशित


Screenshot

काठमाडौं ।चैत १

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा जाने समानुपातिक सुचीमा रहेका आफ्नो सदस्यहरूकाे नामावली निर्वाचन आयोगमा पठाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार चयन गरेको छ। कुल प्राप्त ५७ सिटका लागि आज बसेको सचिवालय बैठकले नाम छनोट गरी क्लस्टरअनुसारको सूची निर्वाचन आयोगमा बुझाएको हो।

आयोगका अनुसार ९ जना पुरुष र ४८ जना महिला गरी कुल ५७ जनाको बन्दसूची रास्वपाले बुझाएको छ। सोअनुसार रास्वपाले नौ जना पुरुष उम्मेदवारलाई सांसद निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको छ।

रास्वपाले पुरुषतर्फ खसआर्यको एक नम्बर सूचीमा रहेका रमेश प्रसाईं, दलिततर्फका प्रकाशचन्द्र परियार, जनजातितर्फ राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पालाई सिफारिस गरेको छ।

त्यस्तै, मधेसीतर्फ एक नम्बरमा रहेका पुरुषोत्तम शुप्रभात यादव र खगेन्द्र कर्णलाई सिफारिस गरिएको छ। थारुतर्फ सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी सिफारिस भएका छन्।

कानुनअनुसार संसदमा कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य रूपमा पु¥याउनुपर्ने भएकाले पुरुषको संख्या कटौती गरिएको हो।

निर्वाचन आयोगमा पठाएको संगै रास्वपाले आफ्नो विधान संशोधन गरेर बालेन्द्र साह लाइ संसदीयदलकाे नेता बनाएर
प्रधानमन्त्री बनाउने प्रकृया अगाडि बढाउने तयारीमा लाग्ने तर्फ अगाडि बढेको छ ।