राष्ट्रपति रनिङ शिल्डमा पदकका लागि विद्यालयबीच प्रतिस्पर्धा, राङखानी मावि शीर्ष स्थानमा

-


     हिडन खबर    
     मंसिर १२ गते २०८३ मा प्रकाशित


बागलुङ । जैमिनी नगरपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा पदकका लागि विद्यालयबीच कडा प्रतिस्पर्धा देखिएको छ। सार्वजनिक पदक तालिकाअनुसार राङखानी माध्यमिक विद्यालयले अग्रता कायम गरेको छ।

प्रतियोगितामा राङखानी माविले ३ स्वर्ण, १ रजत र २ कांस्य गरी ६ पदक जित्दै पहिलो स्थान हासिल गरेको छ। त्यस्तै जनशिक्षित माध्यमिक विद्यालय, अर्जेवाले २ स्वर्ण, १ रजत र १ कांस्य गरी ४ पदकसहित दोस्रो स्थान ओगटेको छ।यस्तै सुन्तला चाैर माध्यमिक बिद्यालयले २ स्वर्ण सहित तेस्रो स्थानमा रहेको छ ।

जैमिनी नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीले सहभागिता जनाएका छन्। प्रतियोगिताले विद्यालयस्तरमा रहेका खेल प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।