विश्व मृगौला दिवस राजधानीमा मनाइयो

-


     राजेशचन्द्र राजभण्डारी     
     फागुन २८ गते २०८२ मा प्रकाशित


काठमाडाै ।फागुन २८

स्वास्थ्य अभियान नेपालले हरेक वर्षझैँ यस वर्ष पनि विश्व मृगौला दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेर बिश्व मृगौला दिवस मनाएको छ ।

अंग्रेजी महिनाको दोस्रो बिहीबार मनाइने विश्व मृगौला दिवस यस वर्ष मार्च १२ फागुन २८ गते मनाइएको हाे ।

आज बिश्व मृगौला दिवस मनाउँदै गर्दा नेपालमा पनि पछिल्लो समय अस्वस्थ खानपान तथा जीवनशैलीले मृगौला रोगी बढ्दै गइरहेका छन् । मृगौला स्वस्थ हुन हाम्रो खानपान र जीवनशैली स्वस्थ हुन जरुरी छ ।
आज विश्व मृगौला दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मिर्गौला दिवस मनाइयाे। चिकित्सकका अनुसार प्रत्येक १० जनामध्ये एक जनलाई मृगौलासम्बन्धी रोग लाग्ने गर्छ ।

मृगौला स्वस्थ हुन हाम्रो खानपान र जीवनशैली स्वस्थ हुन जरुरी छ । हरेक वर्ष मृगौलाका बिरामी थपिने क्रम बढ्दो छ। अस्वस्थकर खाना र अस्तव्यस्त जीवनशैलीका कारण मृगौलाका बिरामी थपिने क्रम बढेको स्वास्थ्य अभियान नेपालका अध्यक्ष डाक्टर पुकार चन्द्र श्रेष्ठले बताए।‘

बिमा मार्फत विपन्न काे प्याकेज ल्याएको भएपनि त्यो प्रयाप्त नभएको अहिले मृगौलाका बिरामीकाे लागि तत्कालकाे लागि डायलाइसिस र दिर्घकालकाे लागि मृगौला ट्रार्स पलान्ट नै भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए ।

आत्माबल बढाउने काम र जनचेतना जगाउने अभियानमा डाक्टर पुकार श्रेष्ठको टाेली लागेको नेपालमा अंग प्रत्यारोपणमा कानुनी बाधा अड्चन भएको हुदा यसलाई सहजीकरण गर्नुपर्ने सल्लाह सुझाव अभियान कर्ताहरूले दिएका थिए ।

केही बर्षयता संसारभर मृगौला रोगीहरुको संख्या बढ्दै गएको तथ्याङक छ ।विश्वमा हरेक १० जना मानिस मध्ये १ जनालाई मृगौला सम्वन्धी रोग भएको अनुमान गरिएको छ ।

नेपालमा पनि झण्डै ३० लाख व्यक्तिहरु मृगौला सम्वन्धी कुनै न कुनै रोगबाट पीडित छन् । नेपालमा हरेक बर्ष करिब तीन हजार जनाको मृगौला फेल हुने गरेको तथ्याङक छ । मधुमेह रोग भएका विरामीहरुलाई त मृगौलाको रोग हुने संभावना अझ ३ गुणा बढी हुन्छ ।

मृगौला रोगको उपचार हुने भएपनि त्यो महँगो भएकाले सहज मानिदैन । नेपाल सरकारले निःशुल्क मृगौला प्रत्यारोपण र डाइलासिसको सुविधा उपलव्ध गराएको भएपनि औषधीकै लागि विरामीले लाखौं रुपैया खर्च गरिरहनु परेको छ ।

त्यसैले मृगौलाको समस्या देखिनु अगावै खासगरी मधुमेह र उच्च रक्तचापका समस्या तथा अधिक मोटोपन भएका र परिवारमा यस्तै समस्याका अन्य सदस्य भएका एवं आँखाको डिल सुन्निने, गोलीगाँठा सुन्निने जस्ता समस्या भएकाहरुले नियमित मृगौला जाँच गराउन चिकित्सकहरुको सुझाव छ ।

विश्व मृगौला दिवसको अवसरमा ‘किड्नी वाक’ तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएकाे कार्यक्रम ग्वाको चोक (ग्लोबल अस्पताल गेट) बाट सुरु भई एन्फा फुटबल ग्राउण्डमा भएको थियो ।

यस अवसरमा नेपालमा अंग प्रत्यारोपण गराएका व्यक्तिहरू, मृगौला रोगबाट पीडित बिरामी, अंगदाता तथा उनीहरूको परिवार, कलाकार, पत्रकार, समाजसेवी र चिकित्साकर्मीहरूको सहभागितामा जनचेतनामूलक कार्यक्रम गरेर मैत्रीपुर्ण फुटबल प्रतियोगिता गरिएको थियोे ।