समाचार

गायिका शितल शर्माको ‘मन परेको कान्छू’ सार्वजनिक

मानिसको स्वभाव फरक–फरक हुन्छ। यही स्वभावका आधारमा उनीहरूको बानी–व्यवहार निर्भर गर्छ। कसैले आफूलाई लागेको कुरा निर्धक्कसाथ व्यक्त गर्न सक्छन् भने कसैले मनको भावनै बाहिर ल्याउन सक्दैनन्।धेरैले सामान्य कुरा सहजै भन्न सक्छन् तर प्रेमको मामिलामा भने धेरैजसो मानिसहरू आफ्ना भावना व्यक्त गर्न हिच्किचाउँछन्। ‘मन परेको मान्छे त्यत्तिकै छोड्न सकिँदैन,उहाँभन्दा पर नजर मोड्न सकिँदैन।सर्वश्रेष्ठ उहीँ लाग्ने, बहुमूल्य पनि,एउटै भएर पनि उसलाई तोड्न सकिँदैन।’ यस्तै युवायुवतीको प्रेम–कथालाई टपक्क टिपेर गायिका शितल शर्माले ‘मन परेको कान्छू’ बोलको गीत सार्वजनिक गरेकी छिन्। सर्जक **हरि गिरी… पुरा पढौ

चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने उक्त चलचित्रको टिजर सार्वजनिक भएको हो। टिजरमा सिनेमाका मुख्य कलाकारहरूको उपस्थिति देख्न सकिन्छ। टिजरले पिता–छोरीबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ। आमाको अनुपस्थितिमा बुवासँग बस्दै आएकी छोरी तथा उनीहरू बीचको भावनात्मक दूरी र नजिकतालाई टिजरले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको सम्पूर्ण जिम्मेवारी सम्हालेका छन्। जीवनयापनका लागि उनी स्कुलमा… पुरा पढौ

मानवसेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन सुर्खेतमा निर्माण हुँदै

सुर्खेत । सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यका साथ मानवसेवा आश्रमले कर्णाली प्रदेशस्तरीय ‘लक्ष्मीनारायण आवास’ भवन निर्माण कार्य सुर्खेतमा औपचारिक रूपमा सुरु गरेको छ। आश्रमले गत वर्ष मंसिर २१ देखि २८ गतेसम्म सुर्खेत खुलामञ्चमा भवन–निर्माण सहयोगार्थ आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञबाट संकलित रकम यस भवन निर्माणमा खर्च गर्ने निर्णय गरेको हो। २०७५ साल माघ १८ गते ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त कर्णाली प्रदेश’ निर्माण गर्ने लक्ष्यसहित आश्रमले सुर्खेतको वीरेन्द्रनगर–१२, नेवारेमा आफ्नो १२औँ शाखा विस्तार गरेको थियो। सोही लक्ष्यअनुरूप २०७६… पुरा पढौ

तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण अधिकारी

काठमाडौं । मोडलिङबाट चर्चामा आएका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्न लागेका छन्। अभिनेता प्रदीपकुमार चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘तरङ्ग’ मार्फत उनले फीचर फिल्ममा प्रवेश गर्दै छन्। एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका बरुण पहिलोपटक चलचित्रमार्फत दर्शकमाझ आउन पाउँदा उत्साहित देखिएका छन्। फिल्मको कथा, पात्र र निर्देशकले गरेको विश्वासका कारण आफू ‘तरङ्ग’मा जोडिएको उनले बताए।“मेरो भूमिका शक्तिशाली छ। टिमले गरेको भरोसा मिहिनेतले उतार्नेछु,” बरुणले भने। आफ्नो पात्रप्रति दर्शकले रुचि देखाउनेमा उनी विश्वस्त छन्। चलचित्रको पटकथा स्वयं निर्देशक… पुरा पढौ

‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर : केन्द्रमा अभिनेत्री बेनिशा

काठमाडौं । पुस १० गते रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य तीन कलाकारलाई स्थान दिइए पनि केन्द्रमा अभिनेत्री बेनिशा हमाललाई राखिएको देखिन्छ । पोस्टरमा उनी तीन फरक मुद्रामा देखिएकी छन्। सबैभन्दा ठूलो आकृतिमा बेनिशाको प्रसन्न अनुहार मात्र देखिन्छ, जसले उनको जीवनप्रति रहेको आशावाद झल्काउँछ। अर्को लुकमा उनी रेलिङमा अडेस लगाएर सिगरेट हातमा लिएर उभिएकी छन्, जहाँ उनी तनावग्रस्त मुद्रामा देखिन्छन्। उनको हातका पाँचै औलामा औंठी छन्, एउटा औँलामा त दुईवटा… पुरा पढौ

सिगानामा जीप दुर्घटनामा ८ जना घाइते, दुईजना गम्भीर

बागलुङ । बरेङबाट बागलुङतर्फ आउँदै गरेको एक पिकअप जीप बागलुङ नगरपालिका–८ सिगानामा दुर्घटना पर्दा ८ जना घाइते भएका छन्, जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। बरेङदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग ३ च ४८३४ नम्बरको जीप सडक दुर्घटनामा परेको हो। गम्भीर घाइते हुनेमा चालक सुसान्त जिसी र यात्री प्रशान्त खड्का रहेका छन्। यस्तै अन्य घाइतेहरूमा सावित्रि भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निसा भण्डारी, चन्द्र भण्डारी र झुमा भण्डारी रहेको प्रहरी प्रमुख तिलक भारतीले जानकारी… पुरा पढौ

काठमाडौँबाट हराएकी कृष्णकुमारी छन्त्यालबारे फैलिएको भ्रम हट्यो :

‘छोराबुहारीले चिहानमा छाडे’ भन्ने हल्ला असत्य काठमाडौँ । सामाजिक सञ्जालमा केही दिनदेखि फैलिएको ‘बिरामी आमालाई छोराबुहारीले चिहानमा जिउँदै छाडेर गए’ भन्ने दाबी पूर्ण रूपमा असत्य रहेको खुलेको छ। बागलुङको तमानखोला गाउँपालिका–१ निवासी ५० वर्षीया कृष्णकुमारी छन्त्यालबारे गरिएको यो प्रचार झूटो भएको पुष्टि भएको छ। सामाजिक सञ्जालमा प्रस्तुत गरिएको विवरण विपरीत, उनका न त छोरा छन्, न बुहारी। उनीसँग एक मात्र छोरी छिन्। उनकी छोरी जमुना छन्त्यालका अनुसार आमालाई १५ वर्षदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्या (मनोरोग) छ। मंसिर ८ गते राति करिब… पुरा पढौ

शान्ति माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव सम्पन्न

बागलुङ जैमिनी नगरपालिका–१ स्थित शान्ति माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले शान्ति माध्यमिक विद्यालयलाई नगरको नमूना विद्यालयका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। नगरको केन्द्रमा रहेको विद्यालय भएकाले यहाँका उत्कृष्ट अभ्यासहरू अन्य विद्यालयका लागि सिकाइको आधार बन्न सक्ने उनले उल्लेख गरे। त्यसैगरी जैमिनी नगरपालिका–२ का वडाध्यक्ष विष्णु आचार्यले शैक्षिक क्षेत्रमा निरन्तर मेहनत र लगन भएमा विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्न सक्ने बताए। यस्तो प्रकारका क्रियाकलापहरूले गुणस्तरीय शिक्षामा सहयोग पुग्ने उनको भनाइ थियो।… पुरा पढौ

साहित्य कुञ्ज मासिकको नवौँ श्रृंखला सम्पन्न

बागलुङ, मंसिर १६। सार्थक प्रकाशन बागलुङद्वारा सञ्चालित साहित्य कुञ्ज मासिकको नवौँ श्रृंखला बागलुङ नगरपालिका–३ स्थित सनराइज बोर्डिङ स्कुलमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा सरोकारवालासहित १३ जनाले आफ्ना–आफ्ना सिर्जना वाचन गरेका थिए। संस्थाले गाउँ–गाउँमा रहेका प्रतिभा खोज्दै प्रत्येक महिना फरक ठाउँमा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यअनुरूप यसपटकको श्रृंखला विद्यालयमै आयोजना गरिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा विद्यार्थी दीक्षा क्षेत्री, खुशी खड्का, शिक्षक तेजन विश्वकर्मा, प्रकाश कार्की र लालबहादुर नेपालीले आफ्ना रचना प्रस्तुत गरे। सोही क्रममा विद्यालयका पूर्वविद्यार्थी प्रवित हमालले अंग्रेजी… पुरा पढौ

लेखनाथ महोत्सवलाई सफल बनाउन सुरक्षा निकायहरुको पूर्ण साथ रहने

लेखनाथ, १६ मंसिर। पुस  ३ गतेदेखि १४ गतेसम्म लेखनाथमा सञ्चालन भइरहेको २१औँ लेखनाथ महोत्सवलाई सफल र सुरक्षित बनाउन जिल्लास्थित सबै सुरक्षा निकायहरूले पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार लेखनाथ उद्योग वाणिज्य संघमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख रुद्रादेवी शर्माले लेखनाथ महोत्सवले वर्षौँदेखि ‘महोत्सवमध्ये उत्कृष्ट महोत्सव’को पहिचान बनाउँदै ल्याएको उल्लेख गरिन्। उनले प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्दै महोत्सवलाई अझ सफल बनाउन प्रशासनको तर्फबाट पूर्ण साथ रहने प्रतिबद्धता जनाइन्। उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका… पुरा पढौ