लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत इन्डक्सन तथा संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

-


     हिड्न खबरदाता     
     श्रावण ३१ गते २०८३ मा प्रकाशित


काठमाडौं, साउन ३१

“हामी सेवा गर्छौं” भन्ने मूल मन्त्रका साथ विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स इन्टरनेशनल अन्तर्गतको डिस्ट्रिक्ट ३२५ के नेपाल ले लायन वर्ष २०२६–२७ का लागि आयोजित इन्डक्सन तथा संयुक्त पदस्थापन (Induction & Joint Installation) कार्यक्रम राजधानी काठमाडौंमा भव्य रूपमा सम्पन्न गरेको छ।

काठमाडौँ महानगरपालिका–१६, खरिबोटस्थित मदर ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा नवप्रवेशी सदस्यहरूको इन्डक्सन तथा विभिन्न क्लबका पदाधिकारीहरूको संयुक्त पदस्थापन गरिएको थियो। कार्यक्रमको नेतृत्व रिजन चेयरपर्सन लायन किरण थापा तथा क्लस्टर चिफ लायन सहदेव बस्नेत ले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा इन्स्टलेसन चिफ अफिसर डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारी रहनुभएको थियो। कार्यक्रममा डिस्ट्रिक्ट फर्स्ट लेडी पूजा अधिकारी, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन विष्णुहरि फुयाँल, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर लायन हसन कुमार गोपाली, डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन गणेश जीसी, क्याबिनेट ट्रेजरर लायन चुडामणि सिलवाल, डिस्ट्रिक्ट एक्जिक्युटिभ काउन्सिलर लायन ज्ञानु बुर्लाकोटी, चिफ एड्भाइजर लायन मीनराज काफ्ले, पीआरओ इन चिफ लायन सुरेन्द्रबाबु श्रेष्ठ लगायत डिस्ट्रिक्टका वरिष्ठ लायन नेतृत्वको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न लायन्स क्लबका अध्यक्ष, पदाधिकारी, सदस्य तथा लियो क्लबका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। पदस्थापित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेतृत्वदायी भूमिकामा रहेर समाज सेवामा अझ सक्रिय बन्न आग्रह गरिएको थियो।

रिजन चेयरपर्सन लायन किरण थापा ले कार्यक्रममा उपस्थित सम्पूर्ण लायन नेतृत्व, क्लब अध्यक्ष, पदाधिकारी, सदस्य तथा लियो साथीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आफ्नो निमन्त्रणा स्वीकार गरी कार्यक्रममा उपस्थित भई हौसला प्रदान गर्ने डिस्ट्रिक्ट नेतृत्व, क्लस्टर चिफ लायन सहदेव बस्नेत, जोन चेयरपर्सन लायन नेत्रनाथ पोखरेल र लायन कविता सिम्खडा लगायत सम्पूर्ण लायन परिवारप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले सामाजिक सेवाको भावना, नेतृत्व विकास तथा संगठन विस्तारमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै नवपदस्थापित सम्पूर्ण पदाधिकारीहरूको सफल कार्यकालको कामना गर्नुभयो।