
बागलुङ । विद्यार्थीमा लुकेर रहेको प्रतिभा पहिचान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बागलुङको जैमिनी नगरपालिकामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ।
जैमिनी मेलमिलाप नगर बाल समूह सञ्जालको आयोजनामा विभिन्न विद्यालयका विद्यार्थीबीच आन्तरिक प्रतिस्पर्धा सञ्चालन गरिएको हो।
एकीकृत सेवा कार्यालय बागलुङले आगामी मंसिर १४ र १५ गते आयोजना गर्ने जिल्ला स्तरीय प्रतियोगितामा जैमिनीबाट सहभागी हुने विद्यार्थी छनोट गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतिस्पर्धामार्फत विद्यार्थीको क्षमता, सिर्जनशीलता र प्रस्तुति मूल्याङ्कन गरी उत्कृष्ट विद्यार्थी छनोट गरिनेछ। छनोट भएका विद्यार्थीले जिल्ला स्तरीय प्रतियोगितामा जैमिनी नगरपालिकाको प्रतिनिधित्व गर्नेछन्।
कार्यक्रमले बालबालिकामा आत्मविश्वास, नेतृत्व क्षमता र सिर्जनात्मक प्रतिभाको विकास गर्नुका साथै अतिरिक्त क्रियाकलापमा सहभागिता बढाउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ।











