
काठमाडौं । प्रेममा परेपछि पोइको टेन्सन लिनुपर्छ भन्ने परम्परागत सोचलाई रमाइलो शैलीमा प्रस्तुत गर्दै नयाँ लोकदोहोरी गीत ‘न त पोइको टेन्सन’ सार्वजनिक गरिएको छ। गायक सज्जन बोहोरा र लोकप्रिय गायिका एलिना चौहानको स्वरमा रहेको गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया पाउन थालेको छ।
गीतमा रमेश परियारको शब्द तथा संगीत रहेको छ भने सुनिल परियारको संगीत संयोजन रहेको छ। सज्जन बोहोरा र एलिना चौहानको सुमधुर स्वर संयोजनले गीतलाई थप आकर्षक बनाएको छ।
गीतको भिडियोमा जुना विश्वकर्मा र सुरेश कोहलीको अभिनय देख्न सकिन्छ। प्रेम, रोमान्स र मनोरञ्जनलाई समेटिएको भिडियो आकर्षक दृश्य र लोकेसनका कारण थप प्रभावशाली बनेको छ।
सज्जन बोहोराको प्रस्तुतिमा तयार भएको गीतको रेकर्डिङ ओजोन रेकर्डमा गरिएको हो। गीतमा विनोद परियारको ध्वनि मिश्रण रहेको छ। भिडियोमा रोशन विश्वकर्माको नृत्य निर्देशन, अजय रेग्मीको छायांकन तथा प्रविन भट्टको सम्पादन रहेको छ।
फरक शीर्षक र मनोरञ्जनात्मक प्रस्तुतिका कारण ‘न त पोइको टेन्सन’ ले छोटो समयमै दर्शक–श्रोताको ध्यान आकर्षित गर्न सफल भएको छ। तीजको माहोलसँगै सार्वजनिक गरिएको यस गीतले नेपाली सांगीतिक बजारमा नयाँ स्वाद थप्ने अपेक्षा गरिएको छ।










