समाचार

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

पुष २५, काठमाडौं गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उक्त समूह औपचारिक रूपमा पार्टीमा समाहित भएको हो। काठमाडौंमा आयोजित स्वागत कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल तथा पार्टी नेता नारायणकाजी श्रेष्ठले नवप्रवेशी नेताहरूलाई खादामाला लगाएर स्वागत गर्नुभयो।पार्टीमा समाहित हुनेहरूमा गिरिराज केसी (एमालेबाट प्रदेशसभा उम्मेदवार), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (घोराही नगरपालिकाका पूर्व मेयर), आर.डी. यादव, पिताम्बर आचार्यलगायत रहनुभएको छ। स्वतन्त्र वाम समूहमार्फत दाङलगायत… पुरा पढौ

‘बागलुङ मिडिया मेला’ चैतमा आयोजना हुँदैबागलुङ, २४ पुस

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ आयोजना हुने भएको छ । शाखाले आफ्नो रजत वर्षको अवसर पारेर पहिलोपटक जिल्लामा मिडिया मेलाको आयोजना गर्न लागेको हो । दुई दिनसम्म सञ्चालन हुने मेलामा पत्रकारिताका बदलिँदा आयाम, अवसर र चुनौतीबारे सत्रगत छलफल (प्यानल डिस्कसन), ‘की–नोट स्पिच’, बागलुङ जन्मथलो भएका पत्रकारहरूको पुनर्मिलन कार्यक्रम, तस्बिर प्रदर्शनी, सञ्चार सामग्री तथा उपकरणको प्रदर्शनी, स्थानीय विकास र पर्यटनसम्बन्धी बहस, ‘लाइभ पेन्टिङ’लगायत कार्यक्रम समावेश गरिने शाखाका सचिव नारायण रिजालले जानकारी… पुरा पढौ

प्रहरीका १० जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बुधबार राति बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो। जनपद प्रहरी समूहअन्तर्गत एसएसपी बढुवाका लागि पहिलो नम्बरमा रामप्रकाश शाह सिफारिस भएका छन्। बढुवा सिफारिस हुने अन्य एसपीहरूमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा रहेका छन्।सङ्गठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणका आधारमा प्राविधिकतर्फ रहेका दुई पद… पुरा पढौ

भाइरल मिठु चेपाङ र रमेश विक्रम रत्नको “तोरी फुलेको” सार्वजनिक

बाल्यकाल रमाइलो मात्र होइन, जीवनभर सम्झन लायक पनि हुन्छ। विशेषगरी गाउँघरमा हुर्किएको जीवनले प्रकृतिसँग अझ नजिक रहने अवसर प्रदान गर्छ। यिनै बाल्यकालीन सम्झनाका तरेली र त्यतिबेला लागेका पिरतीलाई गीतमार्फत प्रस्तुत गरिएको छ। भर्खरै सार्वजनिक गरिएको भाइरल गायिका मिठु चेपाङ र गायक रमेश विक्रम रत्नको “तोरी फुलेको” गीतले बाल्यकालको मीठो झल्को दिलाएको छ। बाल्यकालको छुट्टै आनन्द र त्यही समयमा लागेको प्रेमलाई सम्झँदै दीपक शाहीले गीतका शब्द कोरेका हुन् भने संगीत गायक रमेश विक्रम रत्नकै रहेको छ। गीतको म्युजिक भिडियोमा भाइरल गायिका… पुरा पढौ

‘मिरमिरे’को ट्रेलर सार्वजनिक : त्रिकोणात्मक प्रेम र बाबुछोरीको भावनात्मक कथा

काठमाडौं । चलचित्र ‘मिरमिरे’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरले बाबु र छोरीबीचको गहिरो भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ । श्रीमतीविहीन घर, आमाविहीन सन्तान र जीवनसाथी गुमाउँदाको पीडाले पुरुषको जीवन कति रित्तो हुन्छ भन्ने भाव ट्रेलरमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ । त्रिकोणात्मक प्रेम कथालाई समेटेको ट्रेलरमा आमा नभएकी छोरीको हेरचाह गर्दै आएको बाबु र छोरीबीचको आत्मीय सम्बन्ध देखाइएको छ । आमाले छोरीलाई छोडेर गएपछि छोरीले… पुरा पढौ

चन्द्रागिरिका भक्तलाल श्रेष्ठ सहित काठमाडौं–१० मा एमालेबाट ११ जना सिफारिस

काठमाडौं, पुस २२ फागुन २१ गते हुन गइरहेको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले काठमाडौं क्षेत्र नम्बर १० बाट ११ जना उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभाको निर्वाचनको लागि १६ जनाले टिकटको दाबी गरेपछि पार्टीको क्षेत्रीय कमिटीको विस्तारित भेलाले पाँच जनाको नाम फिर्ता भएसँगै ११ जनाको नाम जिल्ला कमिटीको राय–सुझावसहित प्रदेश कमिटीमा पठाएको हो।पठाएको नामहरूकाे अन्तिम निर्णय भने केन्द्रीय कमिटीले गर्नेछ। चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकाका क्षेत्र समेटिएको यस निर्वाचन क्षेत्रमा चन्द्रागिरिबाट दुई जना… पुरा पढौ

नेपाली कम्युनिस्ट पार्टीको बैठक शुरू

काठमाडौं ,नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै सुरु भएको छ। बैठकमा राष्ट्रियसभा निर्वाचन तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुनेछ। बैठकमा नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामा सहभागी सबै घटकका नेताहरूको सहभागिता रहेको छ। पुरा पढौ

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छः मन्त्री खरेल

चितवन, १९ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले देशभर कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको आज निरीक्षणपछि बोल्दै मन्त्री खरेलले सरकारले हाल सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामको थालनी गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशभर कार्यरत सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नु अत्यन्त जरुरी छ।”पत्रकारका कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने बताउँदै उहाँले नेपाल पत्रकार महासंघ चितवन शाखा अन्य शाखाको तुलनामा… पुरा पढौ

खानेपानी संस्था स्थापनाकाे अवसरमा बृहत् रक्तदान

काठमाडौं पुस १९ राजधानीमा रगत अभावका कारण विरामी समस्या परेकाे जन गुनासो आएपछि राजधानीमा दिनहुँजसो रक्तदान कार्यक्रम संचालन भइरहेको छ । राजधानीकाे एक संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बृहत् रक्तदान कार्यक्रम गरेर आफ्नो १७ आ‌ैं स्थापना दिवस मनाएको छ । स्वास्थ जीवनका लागि पिउने पानीमा शुद्धता घर घरमा पुर्‍याउने हाम्रो प्रतिबद्धता भन्ने नारासहितस्थापना भएको महादेवस्थान मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति स्थापना दिवसका अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ  । रगत अभावकाे कारणले कुनैपनि विरामीकाे मृत्यु नहाेस भन्ने… पुरा पढौ

जनता सहयोगी संस्था लिमिटेड पोखरामा आयोजित रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन

लेखनाथ, १८ पुस पोखरा महानगरपालिका वडा नं. ३१ पावरहाउसमा रहेको जनता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २९औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन गरिएको छ । हरेक वर्ष स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना हुँदै आएको रक्तदान कार्यक्रम यस वर्ष पनि निरन्तरता दिइएको हो । कार्यक्रमको उद्घाटन गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले सहकारीका उपाध्यक्ष सनबहादुर गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गर्दै पहिलो रक्तदाताको रूपमा गरेका थिए । सहकारीका अध्यक्ष भरत ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि… पुरा पढौ