लायन्स क्लब अफ निसिखोला र समाजसेवी कुँवरद्वारा बाढीपीडितलाई सहयोग

-


     हिडन खबर    
     भाद्र १९ गते २०८३ मा प्रकाशित


बागलुङ, भदौ १९

देशका विभिन्न क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले लायन्स क्लब अफ निसिखोलाले आर्थिक सहयोग प्रदान गरेको छ।

क्लबले संस्थागत रूपमा रु. ३३ हजार ३३३ सहयोग गरेको जनाएको छ। त्यसैगरी, लायन्स क्लब अफ निसिखोलाका तृतीय उपाध्यक्ष तथा हिरदेवी कन्स्ट्रक्सनका सञ्चालक युवा समाजसेवी डीबी कुँवरले व्यक्तिगत रूपमा रु. १ लाख ५५ हजार ५५५ सहयोग गरेका छन्।

बाढीपीडितको दुःखमा साथ दिने मानवीय भावनाका साथ उक्त सहयोग रकम उपलब्ध गराइएको क्लबले जनाएको छ। प्राकृतिक विपत्तिका बेला विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट भइरहेको सहयोगले पीडितलाई राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।

स्थानीय तहमा सामाजिक सेवामा सक्रिय रहँदै आएका कुँवरको व्यक्तिगत सहयोगलाई समेत उदाहरणीय मानिएको छ। विपद्को समयमा सबै क्षेत्रबाट सहकार्य र सहयोग आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।