समाचार

केन्द्रीय सदस्यमा पूर्ण परियारको उम्मेदवारी, अनुभव र सक्रियताको आधारमा मत माग्दै

हिड्न खबर डटकम काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ८औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (भूगोल गण्डकी) पदका लागि गायक, सर्जक, उद्घोषक तथा निर्माता पूर्ण परियारले उम्मेदवारी घोषणा गरेका छन्। लोक तथा दोहोरी गीत–संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय परियार कलाकारितासँगै संस्थागत नेतृत्वमा समेत निरन्तर क्रियाशील रहँदै आएका छन्। उनले प्रतिष्ठान बागलुङमा एक कार्यकाल सचिव र एक कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरेका छन्। साथै, प्रतिष्ठान धौलागिरीको महासचिव तथा प्रतिष्ठान गण्डकीको संस्थापक सचिव र वरिष्ठ उपाध्यक्षको भूमिका पनि सम्हालिसकेका छन्। गायन,… पुरा पढौ

लोकदोहोरी प्रतिष्ठानको सचिवमा तारानाथ आचार्यको उम्मेदवारी

अनुभव, सक्रियता र संस्थागत विकासको एजेन्डासहित मैदानमा काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ केन्द्रीय महाधिवेशन–२०८३ नजिकिँदै गर्दा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। यसैक्रममा चर्चित गायक, सर्जक तथा रेकर्डिस्ट तारानाथ आचार्यले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। लोक तथा दोहोरी संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय आचार्य प्रतिष्ठानको गण्डकी प्रदेश सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका अनुभवी व्यक्तित्व हुन्। उनले गीत–संगीतको सिर्जना, गायन तथा संस्थागत गतिविधिमा निरन्तर योगदान दिँदै आएका छन्। प्रतिष्ठानको सांगठनिक संरचनालाई थप व्यवस्थित… पुरा पढौ

रसुवा बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नुवाकोट, असोज २२ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत रसुवा बाढीबाट प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। लायन्स क्लब अफ काठमाडौं वन्डर उमनको सक्रियतामा विदुर नगरपालिका–४, बट्टार घण्टाघरस्थित शहरी स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा काठमाडौं मोडल अस्पतालका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। शिविरमा विशेषगरी स्त्रीरोग, मानसिक स्वास्थ्य तथा जनरल फिजिसियनसम्बन्धी स्वास्थ्य परीक्षण र परामर्श सेवा उपलब्ध गराइएको थियो। शिविरबाट ६६ जना महिला र २३ जना पुरुष गरी कुल ८९ जनाले स्वास्थ्य… पुरा पढौ

बागमती एरियाका चार लायन्स क्लबको संयुक्त बैठक सम्पन्न

काठमाडौं, असोज २२ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियामा रहेका चार लायन्स क्लबको सहभागितामा डिस्ट्रिक्ट गभर्नरको दोस्रो एड्भाइजरी कमिटी बैठक सम्पन्न भएको छ। काठमाडौंको बनस्थलीस्थित नमस्ते मिटिङ क्याफेमा आयोजित बैठकको आयोजना लायन्स क्लब अफ काठमाडौं फिनिक्सले गरेको थियो। बैठकमा लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमाल, काठमाडौं मनास्लु भिजन, काठमाडौं फिनिक्स तथा काठमाडौं लिडरसिपका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। क्लस्टर चिफ शाहदेव बस्नेत, रिजन चेयरपर्सन किरण थापा तथा जोन चेयरपर्सन नेत्रनाथ पोखरेलको समन्वयमा सम्पन्न बैठकमा… पुरा पढौ

लोक तथा दोहोरी प्रतिष्ठानको प्रशासनिक उपमहासचिवमा जीवन दाहालको उम्मेदवारी

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन–२०८३ नजिकिँदै गर्दा जीवन दाहालले प्रशासनिक उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। लोक तथा दोहोरी क्षेत्रको संस्थागत विकास र संगठन सुदृढीकरणमा लामो समयदेखि सक्रिय दाहाल प्रतिष्ठानभित्र अनुभवी र स्थापित व्यक्तित्वका रूपमा परिचित छन्। उनले कास्की जिल्ला शाखाको संस्थापक उपाध्यक्ष, सचिव तथा अध्यक्ष, साविक गण्डकी अञ्चलको सचिव र अध्यक्ष, केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवलगायत विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्। प्रतिष्ठानमा विभिन्न तहमा काम गर्दा हासिल गरेको अनुभवलाई संगठनको हितमा थप… पुरा पढौ

लोक तथा दोहोरी प्रतिष्ठानको प्रशासनिक उपमहासचिवमा जीवन दाहालको उम्मेदवारी

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन–२०८३ नजिकिँदै गर्दा जीवन दाहालले प्रशासनिक उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। लोक तथा दोहोरी क्षेत्रको संस्थागत विकास र संगठन सुदृढीकरणमा लामो समयदेखि सक्रिय दाहाल प्रतिष्ठानभित्र अनुभवी र स्थापित व्यक्तित्वका रूपमा परिचित छन्। उनले कास्की जिल्ला शाखाको संस्थापक उपाध्यक्ष, सचिव तथा अध्यक्ष, साविक गण्डकी अञ्चलको सचिव र अध्यक्ष, केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवलगायत विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्। प्रतिष्ठानमा विभिन्न तहमा काम गर्दा हासिल गरेको अनुभवलाई संगठनको हितमा थप… पुरा पढौ

लोकदोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा कालिका रोकाको उम्मेदवारी, कलाकार हकहितका लागि प्रतिबद्धता

बर्दिबास, असोज २१ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९ औँ केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा गायिका कालिका रोकाले केन्द्रीय सदस्य (महिला तर्फ) पदमा उम्मेदवारी घोषणा गरेकी छन्। लोक तथा दोहोरी गीत–संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रोकाले कलाकारको हकहित संरक्षण, लोकसंस्कृतिको प्रवर्द्धन तथा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएकी छन्। प्रतिष्ठानको ९ औँ केन्द्रीय महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म बर्दिबासमा हुँदैछ। महिला तर्फको केन्द्रीय सदस्य पदकी उम्मेदवार रोकाले प्रतिष्ठानलाई अझ सशक्त, व्यवस्थित र… पुरा पढौ

जिल्ला प्रशासनको सार्वजनिक सुनुवाइमा राष्ट्रिय परिचयपत्र, सडक र बजार व्यवस्थापनका गुनासानारायणस्थानमा नागरिक–सरकार प्रत्यक्ष संवाद, सेवा प्रवाह सुधार गर्न सुझाव

बागलुङ, असोज २१ जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। नागरिकका गुनासा, सुझाव तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विषयमा जानकारी लिन आयोजित कार्यक्रममा स्थानीयवासीले राष्ट्रिय परिचयपत्र वितरण, बजार व्यवस्थापन, सडक, विद्युत्, शिक्षा, स्वास्थ्य तथा यातायातलगायतका विषयमा ध्यानाकर्षण गराएका छन्। सार्वजनिक सुनुवाइमा सहभागी नागरिकहरूले राष्ट्रिय परिचयपत्र वितरणमा भइरहेको ढिलाइका कारण विशेषगरी ज्येष्ठ नागरिकहरू समस्यामा परेको गुनासो गरेका थिए। साथै, बजार व्यवस्थापन प्रभावकारी बनाउन, ग्यासको मूल्यवृद्धि नियन्त्रण गर्न तथा नियमित बजार अनुगमन गर्नुपर्ने मागसमेत राखिएको थियो। स्थानीयवासीहरूले… पुरा पढौ

मौलिक लोकदोहोरीका गायक कुमार पुन सह–कोषाध्यक्ष पदमा चुनावी मैदानमा

बागलुङ ।असाेज २१ मौलिक लोकदोहोरी गीत–संगीतका चर्चित गायक कुमार पुनले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। म्याग्दीका स्थायी बासिन्दा पुन लामो समयदेखि लोकदोहोरी गीत–संगीत क्षेत्रमा सक्रिय रहँदै आएका कलाकार हुन्। विशेषगरी मौलिक लोकदोहोरी गीतको संरक्षण, प्रवर्द्धन तथा कलाकारको पहिचान स्थापित गर्ने अभियानमा उनको महत्वपूर्ण योगदान रहँदै आएको छ। कलाकारिता यात्रासँगै प्रतिष्ठानको संस्थागत विकास र कलाकारहरूको हकहितका लागि थप प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यले आफूले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको पुनले बताएका छन्।… पुरा पढौ

लोकदोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा सुनितामी परियारको उम्मेदवारी

बर्दिवास असाेज २१ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ८औँ महाधिवेशन नजिकिँदै गर्दा गायिका सुनितामी परियारले केन्द्रीय सदस्य (महिला) पदमा उम्मेदवारी घोषणा गरेकी छन्। लोक तथा दोहोरी गीत–संगीत क्षेत्रमा सक्रिय परियारले कलाकारको हकहित संरक्षण, नेपाली लोकसंस्कृतिको प्रवर्द्धन तथा नयाँ प्रतिभाको प्रोत्साहनलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै उम्मेदवारी सार्वजनिक गरेकी हुन्। महिला तर्फको केन्द्रीय सदस्य पदकी उम्मेदवार परियारले प्रतिष्ठानलाई थप व्यवस्थित, समावेशी र कलाकारमैत्री संस्थाका रूपमा विकास गर्न आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनको उम्मेदवारीपछि शुभेच्छुक, समर्थक तथा… पुरा पढौ