सुनौलो बागलुङद्वारा क्यान्सर पीडित थापालाई २० हजार सहयोग

-


     सुजन आचार्य     
     कार्तिक २२ गते २०८३ मा प्रकाशित


बागलुङ । सुनौलो बागलुङ संस्थाले क्यान्सर रोगबाट पीडित जैमिनी नगरपालिका–१, सामरुम्टा निवासी चन्द्रकला थापालाई २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

थापाको उपचारमा केही राहत पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम सहयोगस्वरूप हस्तान्तरण गरेको हो। संस्थाले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका क्रममा आत्मबल र धैर्य कायम राख्नसमेत आग्रह गरेको छ।

मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै संस्थाले गरेको सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
दुःख र संकटको समयमा गरिने सानो सहयोगले पनि पीडित परिवारमा ठूलो आशा र हौसला प्रदान गर्ने विश्वास संस्थाले व्यक्त गरेको छ।