लायन्स र लियो क्लबद्वारा आयोजित रक्तदानमा २५ प्वाइन्ट रगत संकलन

-


     हिडन खबर    
     कार्तिक २२ गते २०८३ मा प्रकाशित


काठमाडौँ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्षेत्रअन्तर्गत लायन्स क्लब अफ इन्द्रायणी खुसीबुँ र लियो क्लब अफ काठमाडौँ इन्द्रायणी खुसीबुँको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक पर्ने रगत उपलब्ध गराउने उद्देश्यले आयोजित कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा २५ प्वाइन्ट रगत संकलन भएको ब्लड डोनेसन डिपार्टमेन्ट चिफ दिनोज चित्रकारले जानकारी दिनुभयो।

कार्यक्रममा रक्तदाताहरू, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा लायन्स र लियो सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने क्लबका अध्यक्षहरू, भिएसटी टोली, क्लब परिवार तथा जिल्ला तहका लायन्स नेतृत्वप्रति चित्रकारले आभार व्यक्त गर्नुभएको छ।

लायन्स इन्टरनेशनलको ‘वी सर्भ’ अर्थात् ‘हामी सेवा गर्छौँ’ भन्ने मूल भावनाअनुरूप आयोजित कार्यक्रमले मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावनालाई थप बलियो बनाएको आयोजकले जनाएको छ।

रक्तदान जीवनदान हो भन्ने सन्देशसहित लायन्स र लियो क्लबले आगामी दिनमा पनि यस्ता मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन्।