
बागलुङ । शिक्षण पेसासँगै लोकसंगीतमा सक्रिय लोकगायक डिल्ली पौडेलको शब्द तथा लय सिर्जनामा तयार भएको तिहार विशेष मौलिक देउसी–भैलो गीत सार्वजनिक भएको छ।
२०८३ सालको दीपावलीको शुभकामना सन्देशसहित तयार गरिएको गीतमा तारानाथ आचार्य, डिल्ली पौडेल र ललिता घर्ती मगरको स्वर रहेको छ।
नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको गीतले तिहारको सांस्कृतिक महत्व, आपसी सद्भाव, प्रेम र भाइचाराको सन्देश प्रवाह गरेको छ।
आधुनिक संगीतको प्रभाव बढ्दै गएको अवस्थामा मौलिक लोकसंस्कृतिलाई जीवन्त राख्न गीतले योगदान पुर्याउने विश्वास सर्जकहरूले व्यक्त गरेका छन्।
गीतमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामनासमेत गरिएको छ।









