भोटेकोशी बाढीपीडित ६५ परिवारलाई लायन्सद्वारा जस्तापाता सहयोग

-


     हिडन खबर    
     कार्तिक २१ गते २०८३ मा प्रकाशित


नुवाकोट । लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (एलसीआईएफ) को आर्थिक सहयोगमा लायन्स इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका–८ का ६५ परिवारलाई रंगीन जस्तापाता वितरण गरेको छ।

बाढीबाट प्रभावित परिवारको घर पुनर्निर्माण तथा आवास व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रत्येक परिवारलाई डेढ बन्डलका दरले जस्तापाता वितरण गरिएको हो।

कार्यक्रममा मल्टिपल काउन्सिल चेयरपर्सन लायन केशर भण्डारी, डिष्ट्रिक्ट ३२५ आई नेपालका गभर्नर लायन सूर्यकुमार केसी, डिष्ट्रिक्ट एफ नेपालका गभर्नर लायन अजय खनाल, मल्टिपल डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर लायन प्रद्युम्न पोखरेल, डिष्ट्रिक्ट आई सेक्रेटरी लायन अनुजकुमार श्रेष्ठ, डिष्ट्रिक्ट ३२५ केका जोन चेयरपर्सन लायन कृष्णप्रसाद भट्ट, लायन्स क्लब अफ ऊर्जाशील नुवाकोटका कोषाध्यक्ष लायन फडिन्द्रमान श्रेष्ठ तथा सदस्य लायन जोन खडिवडालगायतको उपस्थिति रहेको थियो।

वडा अध्यक्ष सुरेशलाल चित्रकारको समन्वय तथा सहजीकरणमा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सहभागी लायन्स नेतृत्वले विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व र मानवीय सेवाको महत्वपूर्ण पक्ष भएको बताएका छन्।

लायन्स इन्टरनेशनलले ‘वी सर्भ’ अर्थात् ‘हामी सेवा गर्छौँ’ भन्ने मूल भावनाअनुसार विपद् प्रभावित तथा आवश्यकतामा रहेका समुदायलाई सहयोग गर्दै आएको
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के, नेपालका रिजन चेयरपर्सन लायन रोजिता वस्तीले बताए ।