बागलुङ, भदौ २५ । गलकोट उद्योग वाणिज्य संघ गलकोटको सातौँ वार्षिकोत्सव तथा महिला उद्यम विकास समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले स्थानीयस्तरमा उद्योग तथा व्यवसायको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलताको विकास तथा रोजगारी सिर्जनाका लागि उद्योगी–व्यवसायीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। नगरप्रमुख गैरेले महिलालाई उद्यम तथा व्यवसायमा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो। महिला उद्यमीको क्षमता विकास, सीप अभिवृद्धि तथा व्यवसाय…
पुरा पढौ