तिहारको अवसरमा पोखराको बिरौटामा ‘राधा रिना कलेक्सन’ सञ्चालनमा

- महिला दिदीबहिनीलाई लक्षित गर्दै आधुनिक फेसन वेयर उपलब्ध गराइने

-


     हिडन खबर    
     कार्तिक २४ गते २०८३ मा प्रकाशित


पोखरा । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर पोखरा महानगरपालिका–१७, बिरौटा चोकमा ‘राधा रिना कलेक्सन’ सञ्चालनमा आएको छ।

महिला दिदीबहिनीको रुचि, चाहना र आवश्यकतालाई मध्यनजर गर्दै नयाँ तथा आधुनिक फेसन वेयर उपलब्ध गराउने उद्देश्यले कलेक्सन सञ्चालनमा ल्याइएको हो।

नयाँ सोच र उत्साहका साथ सुरु गरिएको कलेक्सनको आज एक कार्यक्रमबीच शुभारम्भ गरिएको छ।उद्घाटन कार्यक्रममा सञ्चालक, आफन्त, शुभचिन्तक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

बदलिँदो फेसन र आधुनिक पहिरनप्रति महिलाहरूको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै विभिन्न डिजाइनका आकर्षक तथा नयाँ फेसनका पहिरन उपलब्ध गराउने सञ्चालकले बताएका छन्।

नयाँ व्यवसायको सुरुवातसँगै सञ्चालकले ग्राहकको माया, साथ र सहयोगबाट व्यवसायलाई सफल बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन्।

‘राधा रिना कलेक्सन’ सञ्चालनमा आएसँगै बिरौटा तथा आसपासका क्षेत्रका महिला दिदीबहिनीलाई आधुनिक फेसनका पहिरन छनोट गर्न सहज हुने अपेक्षा गरिएको छ।