
काठमाडौं । सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट अर्थात् २०८३ कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने जनाएको हो।
मन्त्रालयका अनुसार यसअघि २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको थियो।
छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा कात्तिक ३० गते सोमबारसमेत सार्वजनिक बिदा दिइएको जानकारी सम्बन्धित सबैलाई गराइएको छ।
यस निर्णयसँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।










