समाचार

बागलुङमा जिप र पिकअप ठोक्किँदा दुर्घटना एसईइ परीक्षा दिएका बिद्यार्थी घाइते

बागलुङ बजारबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज २७३९ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ६२०५ नम्बरको पिकअप एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।सवारी दुर्घटना हुदा एसईई ग्रेड वृद्धिको परीक्षा दिएर फर्कदै गरेका विद्यार्थी घाइते भएका हुन् । जिप ठोक्किदा .निसीखोला गाउँपालिका– ४ की १६ वर्षीया रेनु विक, सोही ठाउँकी १७ वर्षीया लक्ष्मी सुनार, १७ वर्षीया दिलमाया रसाईली र निसीखोला गाउँपालिका–३ बोहोरागाउँका १५ वर्षीय हिमाल शाही ठकुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव… पुरा पढौ

गायक हेमन्त खड्काकाे ‘मिठो थकाली भान्साको खाना’ सार्वजनिक

बागलुङ असार ३ नेपाली लोकसंगीत क्षेत्रमा नयाँ कोसेलीका रूपमा ‘मिठो थकाली भान्साको खाना’ गीत सार्वजनिक भएको छ।गायक हेमन्त खड्का र सरिता सुनारको सुमधुर स्वरमा सजिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ। गीतका शब्द तथा लय हेमन्त खड्काले सिर्जना गरेका हुन् भने संगीत संयोजन कृष्ण केसीले गरेका छन्।गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ पक्षलाई समेत उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ, जसले गीतलाई थप श्रवणयोग्य बनाएको छ। गीतको भिडियोमा चर्चित कलाकार लोमश शर्मा र रचना न्यौपानेको आकर्षक… पुरा पढौ

बाल्टिमोरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अमेरिका शाखाको ऐतिहासिक प्रथम अधिवेशन हुँदै

असार २ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अमेरिका शाखाको आयोजनामा अमेरिकाको बाल्टिमोर शहरमा ऐतिहासिक प्रथम अधिवेशन तथा विविध सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। नेपाली लोकसंस्कृति, भाषा तथा मौलिक कला–साहित्यको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा अमेरिका लगायत विभिन्न स्थानमा रहेका नेपाली कलाकार, सर्जक, शुभचिन्तक तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा प्रतिष्ठानको प्रथम अधिवेशनसँगै विविध सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा कलाकारहरूको विशेष सहभागिता रहने बताइएको छ। आयोजकले यस ऐतिहासिक अवसरमा सम्पूर्ण… पुरा पढौ

एगाको ढोरपाटन भ्रमण : हिमाली संस्कृति र पर्यटन सम्भावनाको अध्ययन

पोखरा । ईम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एसोसिएसन (एगा) पोखराले बागलुङ जिल्लास्थित ढोरपाटन सिकार आरक्षण क्षेत्रको अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ। हिमाली क्षेत्रमा विकसित हुँदै गएको ट्रेकिङ संस्कृति, हिमाली दृश्यावलोकन, सांस्कृतिक पर्यटन तथा वन्यजन्तु अवलोकनको अध्ययन गर्ने उद्देश्यले संस्थाले तीनदिने भ्रमण आयोजना गरेको हो। भ्रमणका क्रममा ढोरपाटन सिकार आरक्षण क्षेत्रभित्र रहेका विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन, स्थानीय पर्यटन व्यवसायीहरूसँग अन्तरक्रिया तथा पोखराको लेकसाइड र ढोरपाटन क्षेत्रको पर्यटन विकासका थप सम्भावनाबारे छलफल गरिएको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो। नेपालको एक… पुरा पढौ

छोरेपाटन माविमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा, १ असार पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरूलाई सोमबार एक कार्यक्रमबीच स्वागत तथा अभिमुखीकरण गरिएको छ। कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन तथा शिक्षक–अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर क्षेत्रीले छोरेपाटन मावि गण्डकी प्रदेशकै नमुना शैक्षिक संस्था रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासित भई अध्ययनमा समर्पित हुन आग्रह गरे। विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा भुसालले विद्यार्थीहरूलाई नियमित पठनपाठनमा ध्यान दिन अनुरोध गर्दै विद्यालयले विद्यार्थीहरूको चौतर्फी विकासलाई प्राथमिकतामा राखेको बताए। सहायक प्रधानाध्यापक खेमराज बरालले विद्यार्थीहरूलाई भविष्यप्रति सचेत भएर अध्ययन गर्न सुझाव दिँदै… पुरा पढौ

९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताको उपाधि उपत्यका समन्वय समितिलाई

नेपाली लोकदोहोरी क्षेत्रको प्रतिष्ठित प्रतियोगिता ९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता, २०८३ को उपाधि उपत्यका समन्वय समितिले जित्न सफल भएको छ। समितिका प्रतिभाशाली प्रतिस्पर्धी निशान्त बिक र सङ्गिना थापाले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेका हुन्।प्रतियोगिताभर उनीहरूले सशक्त गायन, प्रभावकारी शब्द चयन, तर्कपूर्ण दोहोरी प्रस्तुति तथा दर्शकको मन जित्ने कलाका कारण निर्णायक मण्डलको उच्च मूल्याङ्कन प्राप्त गर्दै उपाधि हात पारेका हुन्। यस ऐतिहासिक सफलतासँगै निशान्त बिक र सङ्गिना थापा नेपाली लोकदोहोरी क्षेत्रमा आशालाग्दा प्रतिभाका रूपमा थप स्थापित भएका छन्।… पुरा पढौ

लोकदोहोरीमा नयाँ स्वाद: ‘मलाय अन्त नजर नलाए’ सार्वजनिक

बागलुङ ,असार १ नेपाली लोकदोहोरी संगीत क्षेत्रमा नयाँ सांगीतिक कोसेली ‘मलाय अन्त नजर नलाए’ सार्वजनिक भएको छ। बिमला श्रीस र बाबु कृष्ण परियारको सुमधुर स्वरमा सजिएको यस गीतले सार्वजनिक भएको दिनमै श्रोतामाझ उत्साहजनक चर्चा बटुल्न थालेको छ। गीतमा प्रेम, भावना र नेपाली मौलिक संस्कृतिको गहिरो भावलाई सरल र आकर्षक रूपमा प्रस्तुत गरिएको छ। शिवा कनौजे मगरको शब्द तथा संगीत रहेको यस गीतको एरेन्ज पनि उहाँकै हो भने मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्। गीतको भिडियोले पनि दर्शकको ध्यान तानेको… पुरा पढौ

रुँदै एयरपोर्ट छोड्ने नेपालीको कथा : समीक्षा अधिकारी र बिक्रम सुनारको नयाँ गीत सार्वजनिक

काठमाडौं । मुलुकमा बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता, अवसरको अभाव र भविष्यप्रतिको अनिश्चितताका कारण हरेक दिन सयौँ नेपाली युवाहरू आफ्नो घर, परिवार र जन्मभूमि छोडेर विदेशिन बाध्य भइरहेका छन्। कसैले ऋण तिर्न, कसैले परिवारको गुजारा चलाउन, कसैले आफ्ना सपना पूरा गर्न त कसैले सन्तानको उज्ज्वल भविष्यका लागि आफ्नो वर्तमान त्यागिरहेका छन्। यही यथार्थ, पीडा र संघर्षलाई केन्द्रमा राखेर गायक तथा पत्रकार बिक्रम सुनारको नयाँ गीत सार्वजनिक भएको छ। बाध्यतावश देश छोड्नुपरेका लाखौँ नेपालीहरूको मनको आवाज बनेको यस गीतले एयरपोर्टमा परिवारसँग छुट्टिँदाको… पुरा पढौ

बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनद्वारा त्रिलोकेश्वर शिव मन्दिरमा वृक्षारोपण

कास्की ,बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको आयोजनामा त्रिलोकेश्वर शिव मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। धार्मिक तथा पर्यटकीय गन्तव्य त्रिलोकेश्वर शिव मन्दिर परिसरमा बर, पिपल, सिमी, आँप, बेलपत्र, निम, अशोक, डुम्री, गुराँस, अमला, नारेश्वर लगायत विभिन्न फलफूल तथा फूलका बिरुवा रोपिएका थिए। कार्यक्रम एसोसिएसनको आयोजना तथा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिको समन्वयमा सम्पन्न भएको हो।कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन सामाजिक कार्यमा सक्रिय रहेको उल्लेख गर्दै, वृक्षारोपणले मन्दिर परिसरको सौन्दर्य… पुरा पढौ

बिष्णु माझी र बाबु कृष्ण परियारको नयाँ लोकदोहोरी ‘झोर्ले हजुर’ सार्वजनिक

बागलुङ जेठ ३१ नेपाली लोकदोहोरी संगीतप्रेमीहरूका लागि नयाँ तथा आकर्षक कोसेली स्वरूप ‘झोर्ले हजुर’ गीत सार्वजनिक भएको छ। चर्चित गायिका बिष्णु माझी र गायक बाबु कृष्ण परियारको सुमधुर स्वरमा सजिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्न थालेको छ।प्रेम, आत्मीयता र नेपाली मौलिक संस्कृतिको भावलाई समेटिएको यस गीतमा उत्कृष्ट शब्द, कर्णप्रिय लय तथा आकर्षक भिडियो प्रस्तुत गरिएको छ। संगीत संयोजन र प्रस्तुतीकरणले लोकदोहोरीप्रेमीहरूको मन जित्न सफल भएको देखिन्छ।सार्वजनिक भएको छोटो समयमै सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा… पुरा पढौ