समाचार

सुनितामी परियार र खेम सेञ्चुरीको ‘लाजको पर्दा’ सार्वजनिक

जेठको महिना, बर्खे झरीको सुरुवात, झमझम पानी परिरहेको बेला पनि कलाकारहरूका लागि संगीतको राग सधैं चलिरहन्छ। पछिल्लो पुस्तामा उदाउँदै गरेकी गायिका सुनितामी परियार नेपाली संगीतको आकासमा चम्किलो नाम बन्न सफल भएकी छन्। हरेक शैलीका गीतहरूमा न्यायपूर्वक प्रस्तुत हुने क्षमताकी धनी परियारको नयाँ लोक दोहोरी गीत ‘लाजको पर्दा’ हालै सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियोमा नेपाली चलचित्रका नायकदेखि सामाजिक सञ्जालमा भाइरल भएका बाल कलाकारहरूले अभिनयमार्फत डेब्यु गरेका छन्। भिडियो निकै आकर्षक ढंगले निर्माण गरिएको छ। गहिरो प्रेमभाव बोकेको यस गीतले मायालाई… पुरा पढौ

परराष्ट्रमन्त्री राणाको जापान भ्रमण उपलब्धिमूलक

काठमाडौं, ११ जेठ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हालै सम्पन्न पाँचदिने जापान भ्रमणलाई उपलब्धिमूलक भएको बताएकी छन्। जापान भ्रमण सकेर गएराति स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री राणाले जापानका विदेशमन्त्रीसहित विभिन्न उच्चस्तरीय व्यक्तित्वहरूसँग भएको भेटवार्ता नेपालको हितमा केन्द्रित रहेको जानकारी दिइन्। “यस भ्रमणका क्रममा नेपाल–जापान सम्बन्धका विविध पक्षहरूबारे तथा जापानको सहयोगमा सञ्चालित परियोजनाहरूका बारेमा महत्वपूर्ण कुराकानी भएको छ,” मन्त्री राणाले भनिन्, “त्यस्तै जापानमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिँदै अन्य देशहरूले अपनाएका नीतिहरू र त्यहाँको… पुरा पढौ

७ करोड लगानी गरेर हाेटल मार्कपाेलाे संचालन

काठमाडौं जेठ १० आर्थिक मन्दिकाे कारण लगानी कर्ताहरू निरूसाहित भइरहेको समयमा युवाहरूको एक समुहले संघीय राजधानी काठमाडौंमा ७ करोड लगानी गरेर हाेटल मार्कपाेलाे नयाँ ब्यवस्थापनका साथ शुरू गरेकाे छ । काठमाडौं कमलपाेखरी चाेकमा बिगत ३ दशक देखि संचालित स्वदेशी तथा बिदेशी पर्यटककाे राेजाइमा परेकोपर्यटन ब्यवसायी साजन शाक्य ग्रुपले संचालन गरिरहेकाे हाेटल मार्कपाेलाेलाइ इन्द्रेणी मल्टि प्रपाेज इन्भेस्टमेन्ट प्रालिले आजदेखि नयाँ ब्यवस्थापनका साथ संचालनमा ल्याएको हाे । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले एक कार्यक्रम बिच हाेटलकाे उद्घाटन गर्दैनेपालमा… पुरा पढौ

अध्यक्ष प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको संयुक्त ज्ञापनपत्र, पुष्पलाल लोकमार्गलाई राष्ट्रिय प्राथमिकतामा राख्न माग

कास्की, १० जेठ २०८२‘जनतासँग माओवादी–मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्कीमा आयोजित कार्यक्रममा पाँच वामपन्थी समाजवादी दलहरूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा कास्की जिल्ला हुँदै जाने मध्यपहाडी (पुष्पलाल) लोकमार्गको निर्माण कार्यमा ढिलाइ भएको, कतिपय ठाउँमा अव्यवस्थित योजना र मुआब्जा वितरणमा देखिएका समस्या समाधान गर्नुपर्ने माग गरिएको छ। साथै, स्थानीय जनताको प्रत्यक्ष सहभागितामा योजना कार्यान्वयन गर्न आग्रह गरिएको छ। ज्ञापनपत्र बुझाउने दलहरूमा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी… पुरा पढौ

गायक नरेश खातीको ‘राजा’ गीतमा अभिनेता पल शाह र गरिमा शर्माको अभिनय

चर्चित गायक, गीतकार तथा संगीतकार नरेश खातीको नयाँ लोकदोहोरी गीत ‘राजा’ सार्वजनिक गरिएको छ। पछिल्लो समय नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नो पहिचान बनाएका खातीले यस गीतमार्फत नयाँ आयाम थप्ने प्रयास गरेका छन्। आफ्नै शब्द र संगीतमा तयार भएको गीतमा गायक खातीलाई गायिका एलिना चौहानले स्वरमा साथ दिएकी छन्। व्यक्तिमा देखिने शान, मान र घमण्डलाई नियन्त्रणमा नराख्दा त्यसको असर अरूको व्यवहारमा पनि कसरी देखिन्छ भन्ने विषयवस्तु गीतमा प्रस्तुत गरिएको छ। गीतको म्युजिक भिडियोमा अभिनेता पल शाह र मोडल गरिमा शर्माको प्रमुख अभिनय… पुरा पढौ

‘के घर के डेरा : घर नं २’ दोस्रो सातामा, दर्शकले भने– घर–घरको कथा

काठमाडौँ । नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। सकारात्मक समीक्षासँगै चलचित्रले वर्ड अफ माउथ (मौखिक प्रचार) बाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण टिमको दाबी छ। निर्माण टिमका अनुसार दर्शकहरूले चलचित्रलाई आफ्नै घर–परिवारको कथा जस्तो अनुभूति गरिरहेका छन्। आम नेपालीको भोगाइसँग मेल खाने विषयवस्तु समेटिएकाले दर्शकहरूले सिनेमालाई मन पराएको प्रतिक्रिया दिएका छन्। निर्देशक दीपेन्द्र के. खनाल भन्छन्, “जति पनि दर्शकले सिनेमा हेर्नुभएको छ, सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ। वर्ड अफ माउथ राम्रो… पुरा पढौ

अध्यक्ष प्रचण्ड नेतृत्वको अभियानलाई बागलुङ नगरपालिकाद्वारा स्वागत, ज्ञापनपत्र हस्तान्तरण

९ जेठ २०८२, बागलुङ | हिड्न खबर डट्कम ‘जनतासँग माओवादी - मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीलाई बागलुङ नगरपालिकाले औपचारिक स्वागत गरेको छ। सो अवसरमा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले अभियानको सफलताको शुभकामना व्यक्त गर्दै नगरपालिकाका आवश्यकता समेटिएको ज्ञापनपत्र अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरे। जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले बागलुङका समस्या र सम्भावनाबारे प्रकाश पार्दै पूर्वप्रधानमन्त्रीसँग आवश्यक सहयोगको अपेक्षा राखे। अध्यक्ष प्रचण्डले पातीहाल्नी हुँदै… पुरा पढौ

परराष्ट्रमन्त्री डा. आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता, द्विपक्षीय सहकार्य विस्तारमा जोड

टोकियो, जेठ ९ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (JICA) का अध्यक्ष डा. तानाका अकिहिकोसँग भेटवार्ता गर्नुभएको छ। शुक्रबार जापानको टोकियोस्थित जाइकाको मुख्यालयमा सम्पन्न उक्त भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको हो। भेटका क्रममा मन्त्री राणाले जाइकामार्फत् जापान सरकारले विगत लामो समयदेखि नेपालका आर्थिक, सामाजिक, पूर्वाधार, शिक्षा र अन्य विकासका क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो। उहाँले जाइकाको आधारभूत सहयोग नीति अन्तर्गत गरिबी निवारण, आर्थिक वृद्धि, विपद् जोखिम न्यूनिकरण,… पुरा पढौ

माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा मध्यपहाडी लोकमार्ग जनजागरण अभियान ताराखोला पुग्यो, शहिद पार्कको उद्घाटन

बागलुङ, जेठ ८ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली आज बागलुङको ताराखोला गाउँपालिका आइपुगेको छ। माओवादी केन्द्रले सञ्चालन गरिरहेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत प्रचण्डसहित शीर्ष नेताहरूको टोली ताराखोला पुगेको हो। ताराखोलाको गयर क्षेत्र, जुन जनयुद्धकालमा माओवादीको एक महत्वपूर्ण तालिम केन्द्रको रूपमा परिचित थियो, अहिले ऐतिहासिक स्थलका रूपमा चिनिँदै आएको छ। त्यही स्थानमा ताराखोला गाउँपालिकाले जनयुद्धमा वीरगति प्राप्त गरेका २७ जना शहिदहरूको सम्झनामा शालिक निर्माण गरी शहिद तथा वेपत्ता योद्धा स्मृति… पुरा पढौ

महाराजधिराज’मा पुष्प खड्काको प्रवेश, कलाकारहरूको समावेशी संयोजन

काठमाडौं । नेपाली चलचित्र ‘महाराजधिराज’ मा अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन्। केही समयदेखि ठूलो पर्दाबाट टाढिएका खड्का यो चलचित्रमार्फत पुनः दर्शकमाझ फर्किन लागेका हुन्। स्टारकास्ट थप्ने कार्यलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ टिमले उनलाई आइतबार औपचारिक रूपमा अनुबन्ध गरेको हो। हालसम्म सार्वजनिक भएका कलाकारहरूको सूचीले चलचित्र फरक स्वादको कथावस्तुमा आधारित हुने संकेत गरेको छ। यसमा पुराना र नयाँ पुस्ताका कलाकारहरूको सशक्त मिश्रण देखिनेछ। चलचित्रमा आफूले निभाउने भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै खड्का निकै उत्साहित देखिएका छन्। उनले यो सिनेमाले आफ्नो… पुरा पढौ